काठमाडौ । नवगठित जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमाथी अहंकार बढेको दावी गरेका छन् । आफ्ना नेता बिरुद्धको अपराधिक कार्य बिरुद्ध उजुरी दिन प्रहरीकोमा पुग्दा प्रहरीले उजुरी नै दर्ता नगराएपछि उनले यो आक्रोश पोखेका हुन् । उनले यो सरकार रहेसम्म आमनागरिकले मुलुकमा सुरक्षा नपाउने भए भन्ने टिप्पणी समेत गरे । सरकारले जनताको रक्षा गर्न इन्कार गरेको हो भनेर हामीले बुझेका छौं।

जनताले अब यो देशमा कसरी बाँच्ने ? आफ्नो रक्षा, सुरक्षा कसरी गर्ने ? सोच्ने बेला आएको छ। यसमा हामी पनि चिन्तन गर्छौँ। मलाई विश्वास छ, नागरिकले पनि जे उपचार गर्नुपर्छ आफ्नो सुरक्षाको लागि गर्छ। जस्तोसुकै अहंकारी र निरंकुशतावादीलाई त जनताले परास्त गरेको छ भने केपी ओलीको अहंकार कति दिन टिक्छ ? भन्दै उनले प्रश्न गरे । उनले थपे अब फेरी आन्दोलनको आँधिबेहेरी आउँदैछ भन्ने संकेत हो । जनताको अगाडि जनताका प्रतिनिधि निरीह छैनन् भन्ने कुरा सरकारले बुझ्नुपर्थ्यो। तर दुर्भाग्य, सरकार अहंकार र निरंकुशतातर्फ निकै धकेलियो। अब जनताले देखाउँछ, सम्झाउँछ, बुझाउँछ उसलाई। महतो लगायत सबै नेताको केही आक्रोश थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु