काठमाडौं । तपाँईले असिना पर्दा सामान्यतयाः अन्न बालीमा नोक्सान पुर्याएको देख्नु भएको होला । तर के तपाँईलाई जानकारी छ कि असिनाले जीव जनवार पनि मर्न सक्छन् । रुखको हाँगामा बसेका पंक्षीहरु पनि मर्न सक्छन् । यो मान्नुहोस् कि त्यसबाट मान्छेहरु पनि सहजै मर्न सक्छन् । आकाशबाट असिना होईन गोली भन्दा तेज गतिका असिना बर्साइएको छ । नेपालमा त यस्तो घटना देख्न पाइएको छैन । तर यस्को यो अर्थ होईन कि यो कपोकल्पित कुरा हो ।

 

यो कल्पना भन्दा बाहिरको कुरा हुँदै होइन । हामी तपाँईलाई वास्तविक दृश्य देखाउँछौ जहाँ तपाँई प्रकृति बौलाहाएको देख्न सक्नुहुन्छ । भारत छत्तीसगढ़ राज्यको पेन्ड्रामा देखिएको यो असिनाले सबैको होस उडाएको छ । प्रकृती रिसाएको यो घट्नामा असंख्या पन्छि, चराचुरुङ्गी, जनावरले जीवन गुमाएको दावी गरिएको छ । धेरै मानिसपनि सख्त घाईते भएको उल्लेख गरिएको छ । भारतीय प्रशासनिक सेवा (आईएएस) (सन् २००९ ब्याच) अवनीश शरणले एक भिडियो ट्विट गरेका छन् । अहिले कलेक्टर कबीरधाम, छत्तीसगढ़मा कार्यरत उनले आज एक भिडियो राखेपछि यस्तो डरलाग्दो दृश्य देखिएको हो । कतिपयले यो भिडियो भियतनामको भएको भन्दै प्रतिकृया पनि जनाएका छन् । तर यो भिडियो हेर्दा तपाँईको मुटु काम्ने कुरामा भने कुनै शंका छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/bhShyU_qWPU

सम्बन्धित खबरहरु