काठमाडौं । पछिल्लो समय उत्तर कोरियाली सर्वोच्व नेता किम जोङ उन मरेको हल्ला चलेसँगै विभिन्न अनुमान गर्न थालिएको छ । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता उन जीवित रहेको दावा गरेका छन् । वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारलाई गलत्त भनेको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको छ ।

अमेरिकास्थित उत्तर कोरियाको निगरानी योजना ३८–नर्थले गत साता उत्तर कोरियाको वोन्सानमा किमको रेल रोकिएको स्याटेलाइटको फोटो सार्वजनिक गरेको छ । गत साता किम जोङ उन सोही क्षेत्रमा रहेको दक्षिण कोरियाको गुप्तचर अधिकारीले पनि बताएको समाचारमा उल्लेख छ । गत अप्रिल १५ मा किम जोन उन आफ्ना हजुरबाको जन्म जयन्तीमा सहभागी हुन नसकेसँगै उनको स्वास्थ्य अवस्थाको विषयमा अनुमान शुरु भएको थियो ।

शनिबार पनि उनी सेनाको स्थापना दिवसको अवसरमा पनि देखिएनन् । त्यससँगै उनको स्वास्थ्य अवस्थाबारे चासो थप बढेको हो । कुनै असामान्य सैन्य गतिविधि नदेखिएकाले उनको स्वास्थ्य अवस्थामा धेरैले चासो राखेका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले अन्तिमपटक अप्रिल ११ मा भएको एक बैठकमा सामेल भएको उल्लेख गरेका थिए । त्यसयता उनको बारेमा उत्तर कोरियाबाट कुनै समाचार आएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु