काठमाडौ । अहिले काठमाडौंबाट आफ्नो जिल्लामा जानेहरुको संख्या बढ्दैछ । यो बीचमा खबर आएको छ कि काठमाडौं बाहिरबाट आएका सवारी साधनबाट यात्रुहरु समेत प्रवेश गर्न खोजेपछी ती सवारी साधनसहित नागढुंगाबाट फर्काईएको छ । सोमबार बिहान चार–पाँच वटा बस नागढुंगाबाट काठमाडौं प्रवेश गर्ने क्रममा चेकजाँच गर्दा हरेक बसमा १० देख १२ जना यात्रु भेटिएकाले उनीहरुलाई बससहित नागढू्ंगाबाट प्रवेशमा रोक लगाई फर्काईएको महानगरिय ट्राफिक महाशाखा प्रमुख भीम ढकालले जानकारी दिनुभयो ।

काठमाडौं जिल्ला बाहिर जान चाहनेलाई सम्बन्धित गाउँपालिकाहरुको समन्वयमा बिभिन्न बसमा जिल्ला पठाउने गरिएकोमा सोही बस काठमाडौं भित्रिने क्रममा खाली आउनुपर्नेमा यात्रु भरेर ल्याउने गरेकाले फर्काईएको प्रहरीको भनाई रहेको छ । बसमा आएका यात्रुहरु काठमाडौ घर भएका र बिभिन्न जिल्लामा फसेकाहरु रहेको बुझिएको छ । लकडाउनको समयमा सीमानाकामा कडाई गरेको सरकारले काठमाडौंबाट बिभिन्न जिल्ला बाहिर जानमा रोक लगाएतापनि कुनै पनि सर्वसाधारणलाई काठमाडौं प्रवेश गर्न दिईएको छैन । आज बिहान चारवटा बसमा ५० जनाको संख्यामा मानिसहरु आएको बताइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु