काठमाडौं । सरकारले आजबाट लकडाउनमा थप कडाई गर्ने भएको छ । आजदेखि १० दिन अर्थात आउँने २५ गतेसम्म लकडाउनमा थप कडाई गर्ने सरकारले चेतावनी दिएको छ । उपत्यका भन्दा बाहिरबाट आएकाहरुलाई फिर्ता पठाइएको छ । नेपालमा ५२ जना कोरोना संक्रमित फेला पर्दा गृह मन्त्रालयले लकडाउनको उल्लंघन बढेको भन्दै कडाई गर्न मातहत निकायलाई निर्देशन दिएको हो ।

 

कोरोना भाइरसको संक्रमण फैलिन नदिन लगाएको लकडाउनमा कडाइ गर्न गृह मन्त्रालयले सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशन दिएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिनुभयो । सडकमा सवारी साधनको चाप बढेको र लकडाउन खुकुलो भएको गुनासो बढेपछि गृह मन्त्रालयले सोमबार सुरक्षा निकाय र ७७ वटै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र गर्दै पासविनाका सवारीलाई चल्न नदिन निर्देशन दिएको हो ।

 

गृहको परिपत्रलगत्तै प्रहरीले लकडाउन उल्लंघन गर्नेहरुलाई कारबाहीमा पर्न थालेका छन् । केही दिन यता स्थानीय तहहरुले आ–आफ्ना क्षेत्रमा बस्नेहरुलाई काठमाडौंबाट लगिरहेका छन् । सरकारले बाहिरबाट उपत्यका आउँन रोक लगाएको छ । यसकारण बाहिर फसकेका वा काठमाडौंमा घर भएकाहरु समस्यामा परेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु