काठमाडौं । सत्ता र शक्तिको आडमा लकडाउन उलङ्घन गरेको आरोप खेप्दै आएको भाटभटेनी सुपरमार्केटमाथि अर्को तनाब आइलागेको छ । भाटभटेनीलाई उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा धेरै लिएको भन्दै सरकारले कारबाही गरेको छ । बाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको बजार अनुगमन टोलीलले तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको जानकारी गराएको थियो ।

विभागले भाटभटेनीलाई ३ लाख जरिबाना गरिएको जनाएको छ । लकडाउनको समयमा बजारमा अधिक मूल्यमा उपभोग्य सामग्री बिक्रीवितरण हुनसक्ने भन्दै विभागले बजारअनुगमन कडाईका साथ गर्दै आएको छ । उपभोग्य वस्तुको कारोबार हुने बजार तथा पसलमा अनुगमनलाई तीव्रता दिइएको विभागले स्पष्ट पारेको छ । लकडाउनको अवज्ञा गर्दै भाटभटेनीले पटकपटक सुपरमार्केट खोल्दै आएको थियो ।

https://twitter.com/DOCSCP1/status/1254761393296834560

भाटभटेनी सुपरमार्केट टंगालले उपभाेग्य सामानमा एम.आर.पी. भन्दा वढीमूल्य लिइ बिक्रीगरेकाे पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५को१६(२)(क)बमाेजिम काम गरेकोले३८(ङ) काे कसुरमा ३९ (१)(ख) वमोजिम रु ३ लाख जरिवाना गरिएको ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु