बिना गल्तीको सजाय भोग्न
जिन्दगी क़ैद छ
खुला छ सिमा घेरा भित्र
बिश्व रंगमन्चको दृष्य हेर्न
कठोर कष्टदायक
अमानवीय ब्यवहारहरू
रोग भोंक शोकले
मान्छे होसमा छैन्
हामी एक्ला एक्लै
आफैसँग यु'द्ध लडिरहेछौ
आफ्नै लाशको मलामी हिडिरहेछौ

लाग्छ यो तेस्रो बिश्व यु'द्ध
कोभिड-१९ भाइरस
जो देख्न सकिदैन्
जसको कुनै आकार छैन्
हावामा पनि हुन्छ सक्छ
ढुङ्गा माटो
सम्पूर्ण संसाधन
के मा हुदैन?? के मा सर्दैन?
सर्वत्र
हामीलाई पच्छाउँन सक्छ
जघन्य आपराध गरेझै
त्रासमय जीन्दगी
सताईरहन्छ,तर्साइरहन्छ
रहस्यमय कोभिड !
जसले छोए पछि
यु'द्धको शंखघोष हुन्छ
जता छोए पनि
कोरोना आफूलाई फैलाई रहन्छ
हड्डी पनि गलाउँला जस्तो गरेर दुखाई रहन्छ
बेचैनको ज्वरो बढदै घट्दै बढ्दै हनहन भइरहन्छ
होस र बेहोसमा सेल्फ़ कोरोन्टाइन भित्रै
आफ्नै लाशको मलामी हिडिरहेछौ

यु'द्ध भूमिमा
नजिक आएर साथ दिने कोहि हुदैन्
म छु नी भनेर माया गर्ने पनि पर रून सक्छ
मेरो प्राण मेरो मुटु भन्ने आफन्त पनि
टाडैबाट
प्राथना र आशिर्वाद
हिम्मत र साहसको कामना मात्र गर्न सक्छ
आफूले गर्दा अरू यु'द्धमा नपरून भनेर
आइसोलेसनमा बस्नु पर्ने हुन्छ
अलिकति आत्मबल गिरे हार्न सकिन्छ
पर्दाको जन्ती मर्दाको मलामी हुदैन त्यहाँ
लाशको थुप्रोमा आफ्नो अनुहार खोज्दै
आफ्नै लाशको मलामी हिडिरहेछौ

यो हाहाकार बिभत्स दृश्यहरूमा
केहि नाटक रहस्यमय लाग्छ
अजम्वरी जीवन पाए जस्तो
पदकों लोलुप्ता हुने कुटनीति गर्छ
ब्यापारीहरू नाफा तिर लाग्छ
घुस खानेलाई चौका हान्ने मौका पर्छ
अहंम बोक्ने बिश्व आफै हाकुला झै
लकडाउन खोल्नु पर्छ भन्छ
कोरोना खित्का छाडेर तरवार चलाउँछ
बालक देखि बृद्ध नभनी ढलाउँछ
हजारौ लाशहरू एउटै खाल्डोमा गाडिन्छ
आँखाले हेरेर दर्दनाक परिस्थिति
आफ्नै लाशको मलामी हिडिरहेछौ

यो यु'द्ध जित्नु छ
जीवन बाँच्नु छ
सुकामले किर्ति राख्नुछ भने
आफ्नै मनलाई पहिले सम्झाउँ
किन्चित वेहोसी बनेर
डुलुवा नबनौं
घरभित्रको ईनरसर्कलमा सुरक्षा छ
यसैमा बाचौ अनि बचाउ ।
अन्यथा
बिश्व भर यु'द्ध हारेका लाशहरू हेर्दा लाग्छ
हामी आफ्नै लाशको मलामी हिडिरहेछौ।

-दिपा राई पुन

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=ZR6-53Z5d6I&feature=youtu.be

 

सम्बन्धित खबरहरु