काठमाडौं । ह–त्याका दोषी ४१ वर्षपछि पक्राउ परेका छन् । ह–त्यामा संलग्न भएको अभियोगमा जन्मकैदको सजाए पाएपछि फरार अभियुक्त ४१ वर्षपछि पक्राउ परेका हुन् । २४ वर्षीय युवकको ह–त्या आरोपमा दोषी ठहरिएका डिल्लीबहादुर घर्ति ४१ वर्षपछि उनकै घर स्याङ्जाबाट पक्राउ परेका हुन् । वि.सं. २०३३ सालको चैते दशैं पूर्णिमा मेला हेर्न आएका जीतबहादुर रानाको ह–त्यामा संलग्न रहेको आधारमा ६७ वर्षे घर्तिलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

 

साविक चापाकोट गाविस ८ कालीगण्डकी नदीकिनार खोरीयाघाटमा लाग्ने चैते दशैं पूर्णिमा मेला हेर्न आएका भारतीय सेनामा कार्यरत २४ वर्षीय रानाको ह–त्यामा संगग्न रहेको भन्ने मुद्धामा उनी दोषी ठहरिएका हुन् । घरमा लुकिछिपी बसेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । दोषीलाई अदालतको आदेश बमोजिम सजाए भुक्तानका लागि कारागारमा राखिएको प्रहरीले जनाएको छ । बैशाख २ गते चैते दशैं मेला चलिरहेका बेला तत्कालीन रत्नपुर गाउँ पञ्चायत तथा सेखाम गाउँ पंचायतका युवा समूहले पाल्पा गोदारछाप गाउँ पञ्चायत घर भई भारतीय सेनाका सिपाही दर्जामा कार्यरत रानालाई नि–र्घात कु–टपि–ट गरी कालीगण्डकी नदीमा फालेको ठहर गरिएको छ ।

 

रानाको ह–त्याको ३ दिनपछि नदी किनारमा लाश फेला परेको थियो । घर्तिले रानालाई नि–र्घात कु–टपि–ट गरी कालीगण्डकी नदिमा फालेका बताइएको छ । मृतकका दाजु दलबहादुर रानाले कर्तव्य ज्यान मुद्धामा जिल्ला प्रहरी कार्यालय स्याङ्जामा १३ जना विरूद्ध किटानी जाहेरी गरेका थिए । अदालतले २०३६ साल माघ १७ गते सबैलाई कसूरदार ठहरगरी जन्मकैदको फैसला सुनाएको थियो । घटनामा संलग्न भक्तबहादुर कुमाल र देवीबहादुर घर्ति यसअघि स–जाय भोगिरहेका छन् । थप अन्य दोषि भने मुलुक बाहिर रहेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । अहिले पनि उनीहरुको खोजि भइरहेको प्रहरीले जानकारी दिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु