काठमाडौं । गत शनिबार मात्रै आमा गुमाएका बलिउड अभिनेता इरफान खानको निधन भएको छ । लामो समयदेखिको एक रोगका कारण ५४ वर्षीय खानको बुधबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए । खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो । उनी बेलायतमा झण्डै एक वर्ष उपचार गरेर भारत आएका थिए ।

उनको निधनको समाचार निर्देशक सुजित सरकारले ट्वीटबाट दिएका हुन् । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए । उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । खानले सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी मिडियमजस्ता चर्चित सिनेमामा अभिनय गरेका थिए ।

 

बलिउडमात्र होइन खानले स्लमडग मिलिनियर्स, जुरासिक वर्ल्ड, द अमेजिङ स्पाइडर म्यान र लाइफ अफ पाईजस्ता अन्तर्राष्ट्रिय ब्लगबस्टर सिनेमामा काम गरेका थिए । उनको निधनले विश्वभर भएका उनका समर्थकहरुलाई ठुलो चोट पुगेको छ । कोरोना महामारीका कारण उनको अन्तिम संस्कारमा उनका समर्थकहरु चाहेर पनि भेला हुन नसक्ने भएका छन् । स्वयंम खान पनि लकडाउनका कारण आफ्नी आमाको अन्तिम संस्कारमा राजस्थान जान पाएका थिएनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://youtu.be/sdU1P4Mk6Dg

सम्बन्धित खबरहरु