काबुल, (रासस–एएफपी): अफगानिस्तानमा जारी यु'द्ध अन्त्य गर्ने उपायस्वरुप दुई महिना अघि संयुक्तराज्य अमेरिका र अफगानिस्तानको वि'द्रोही समूह तालिबानबीच सम्झौता भए पनि अहिले अफगानिस्तानभित्र हिं'सात्मक घटना बढ्न थालेका छन् । विज्ञहरुका अनुसार कमजोर शान्ति प्रक्रिया नै भङ्ग हुने ख'तरा निम्त्याउने किसिमबाट अहिले देशभर हिं'सात्मक घटना भइरहेका छन् । सरकार र विद्रोही दुबै पक्षले कारबाही पुनः प्रारम्भ गरेकाले दिनहुँ दर्जनौं सैनिक र तालिबान लडाकूहरुको मृत्यु भइरहेको छ । यी आ'क्रमणका कारण सर्वसाधारणको पनि मृत्यु भइरहेको छ ।

 

अफगान मामिलाका जानकारहरु अमेरिकासँगको शान्ति सम्झौताले तालिबान लडाकूहरुलाई धेरै छुट दिएकाले पनि तालिबानी समूह बढी उत्साहित भएको बताउँछन् । यही सम्झौताको आडमा हालैका हप्ताहरुमा तालिबानी समूहले सरकारी फौजमाथि आ'क्रमणका घटना बढाएका छन् । राजधानी काबुल सहित देशका विभिन्न भागमा कोरोनाभाइरस फैलिएर संकट चुलिँदै गएको अवस्थामा तालिबान समूहको आ'क्रमणले सरकारमाथि अर्को चुनौती थपिएको छ ।

 

ओभरसिज डेभलपमेन्ट इन्स्टिच्यूटका अनुसन्धाता आश्ले ज्याक्सनले शान्ति प्रक्रिया अझै मृत अवस्थामा पुगी नसकेको बताउँदै तर यो अहिले जीवनमर'णको दोसाँधमा पुगेको छ भन्नुभयो । एक जना अफगानी सरकारी अधिकारीले कतारको दोहामा गत फेब्रुअरी २९ मा अमेरिकासँग शान्ति सम्झौता गरेयता तालिबान समूहले सरकारी फौज विरुद्ध हरेक दिन करिब ५५ वटा आ'क्रमण गरिरहेको बताउनुभयो । राष्ट्रसंघीय एक निकायका अनुसार अफगान सुरक्षाफौजले गरेको हवाई र ब'मबा'रीबाट ठूलै संख्यामा बालबालिका ह'ताहत भइरहेका जनाएको छ ।

 

विगत १८ वर्षदेखि अफगानिस्तानमा जारी यु'द्ध अन्त्य गर्ने गरी संयुक्तराज्य अमेरिकासँग भएको शान्ति सम्झौतामा अमेरिकी र अन्य विदेशी सैनिक फिर्ता हुने उल्लेख छ । तर यसको बदलामा तालिबानले यु'द्धबिराम गर्ने वा हिंसामा कमी ल्याउने भन्ने कुरा प्रष्ट रुपमा उल्लेख छैन ।

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक अमेरिकी सेनालाई जतिसक्दो चाँडो फिर्ता गर्ने बताउँदै आउनु भएको छ । तालिबान समूहले पनि अमेरिकी वा अन्य विदेशी सेनामाथि आ'क्रमण नगरेको अवस्थामा आफू सुरक्षित हुने र अफगान सैनिकमाथि हुने निरन्तरको आ'क्रमणबाट आफूहरुलाई खासै क्षति नहुने अनुमान गरेको छ ।

 

काबुलस्थित रणनीति तथा सुरक्षा विज्ञ निशंक मोतवानीले दोहा सम्झौताले तालिबान समूहलाई बैधानिक शक्तिको रुपमा मान्यता दिएको बताउनुभयो । उहाँको भनाईमा तालिबानी समूहले यु'द्ध' जितेको दाबी गरेको छ । “तालिबान समूहले १८ वर्षे यु'द्धमा आफूहरु विजयी भएको विश्वास गरिरहेका छन् ।”

 

सैनिक फिर्ताको समयरेखा

तालिबानसँगको अमेरिकी सम्झौताको अर्थ हो, तालिबान समूहका अघिल्तिरको अस्पष्ट सुरक्षा प्रतिबद्धता । अफगानिस्तानमा सक्रिय अलकायदा र अरु जिहादी समूहलाई तालिबान समूहले नियन्त्रण गर्ने विश्वास मात्र गरिएको छ । सम्झौतामा सन् २०२१ को जुलाईसम्ममा अमेरिकी समेत सबै विदेशी सेना अफगानिस्तानबाट विदा भइसक्ने उल्लेख छ । यो प्रक्रिया पहिल्यै शुरु भइसकेको छ ।

 

अमेरिकन इन्टरप्राइज इन्स्टिच्यूटका प्रबुद्ध व्यक्ति माइकल रुबिनका अनुसार राष्ट्रपति ट्रम्प आफ्ना सैनिक जसरी पनि अफगानिस्तानबाट फिर्ता गर्ने योजनामा रहनु भएकाले हिं'सालाई निरन्तरता दिन तालिबान स्वतन्त्र रहेको छ । अमेरिकी प्रत्याक्रमण नहुने अवस्थामा यी हिं'सात्मक घटनामा तालिबानको क्षति विगतको भन्दा कम हुनेछ । “यो शान्तिका लागि भएको सम्झौता होइन, यो केबल अमेरिकीहरुलाई अफगानिस्तान छाड्नका लागि हो,” रुबिनले भन्नुभयो ।

 

अमेरिका र तालिबानबीच बन्दी रिहाई जस्तो कमजोर सम्झौता पनि भएको थियो जसमा दुबै पक्षका मध्यस्थकर्ताले अफगान सरकारलाई बिल्कुलै अलग राखिएका थिए । यो सम्झौतामा राष्ट्रपति असरफ घानीले ५००० तालिबानी कैदीबन्दीलाई रिहा गर्नुपर्ने शर्त थियो । यसको बदलामा तालिबान समूहले एक हजार अफगानी सुरक्षाफौजका सदस्य मुक्त गर्ने सम्झौतामा उल्लेख छ । यो कैदीबन्दी आदानप्रदान गर्ने सम्झौता गत मार्च १० भित्रै सम्पन्न गरिसक्ने उल्लेख थियो । कैदीबन्दी मुक्त भएपछि अफगान सरकार र तालिबान समूहबीच शान्ति वार्ता गरिने पनि सम्झौतामा उल्लेख छ ।

 

तालिबानी समूहको एक स्रोतले कैदीबन्दी मुक्त नहुँदासम्म आफूहरुले हिं'सात्मक कारबाही रोक्ने सम्भावना नरहेको बताएको छ । उक्त स्रोतले कैदी मुक्त नगरिए अफगान सरकारसँग वार्ता पनि नहुने स्पष्ट गरेको छ । “घानी सरकारले हाम्रो धैर्यताको परीक्षण लिइरहेको छ तर हामी उनीहरुलाई भन्न चाहन्छौं कि हामी थाकेका छैनौं, हामी अझै फुर्तिला भएका छौं र यु'द्ध लड्न तम्तयार छौं,” तालिबानका एक सदस्यले एएफपीलाई बताए । वि'द्रोही पक्षले काबुल र पश्चिमा राष्ट्रहरुले तत्काल यु'द्धबिरामका लागि गरेको आग्रहको पनि कुनै महत्व नरहेको भन्दै अस्वीकार गरेको छ ।

 

आ'त्मघा'ती आ'क्रमणमा चार जनाको मृत्यु

यसैबीच, राजधानी काबुलको नजिकै बुधबार रिशखोर क्षेत्रमा एक आ'त्मघा'ती आ'क्रम'णमा कम्तीमा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएको अफगान गृहमन्त्रालयका प्रवक्ता तारेक आरियनले बताउनुभएको छ । प्रवक्ता तारेकले उक्त ब'म ह'मला स्थानीय समय अनुसार बुधबार बिहान ८ बजे भएको जानकारी दिनुभयो । आ'त्मघा'ती सहित चार जनाको घटनास्थलमै मृत्यु भएको र घाइते अरु १५ जनाको अस्पतालहरुमा उपचार भइरहेको छ । प्रवक्ता तारेकले उक्त आ'त्मघा'ती ब'म हम'ला तालिबान समूहले गराएको दाबी गर्नुभयो । तर तालिबान समूहले उक्त घटनाको जिम्मेवारी लिएको छैन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु