काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर बढेको विवादको टुंगो लगाउन बुधबार साँझ सचिवालय बैठक बस्ने भएको छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । यसअघि मंगलबार (हिजो) सचिवालय बैठक बस्ने भनिए पनि अध्यक्षद्वय ओली र प्रचण्डले आन्तरिक छलफल गर्न भन्दै आजलाई बैठक सारेका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको स्वेच्छाचारी कदमले पार्टीभित्र विवाद बढेको थियो । आजको सचिवालय बैठकले स्थायी कमिटी बैठकको मिति तय गर्ने आँकलन गरिएको छ । वरिष्ठ नेता झलनाथ खनालले सचिवालय बैठकमा समसामयिक राजनीति र स्थायी कमिटी बैठकको विषयमा छलफल हुने बताए । यसअघि नेकपा स्थायी कमिटीका २० सदस्यहरुले नेतृत्वलाई पत्र लेखेर बैठक बोलाउन माग गरेका थिए ।

 

विवाद बढ्दै गएपछि पार्टीभित्र संसदीय अंकगणित जुटाउने प्रयास समेत हुन थालेको छ । यसअघि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आन्तरिक छलफललाई तीव्रता दिएको बुझिएको थियो । त्यस्तै प्रधानमन्त्री ओलीले पनि आफ्नो पक्षका सांसदहरूलाई जति बेला जे पनि हुन सक्ने भन्दै सावधान हुन आग्रह गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु