काठमाडौ । संसारभर छरिएर रहेका नेपालीका लागि नेपाली छोरा दिवेश पोखरेलले नेपाली हुँ भनेर गर्व गर्ने ठाउँ बनाउँदैछन् । अर्थर गन भनेर पनि चिनिने दिवस पोखरेल विश्वकै ठूलो मानिएको गायन रियालिटी शो अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै २० औ स्थानमा आएका छन् । यो विश्वको इतिहासमा निक्कै ठूलो उपलब्धि हो । नेपालमा जन्मिएर यतै हुर्किएका दिवस अमेरिका छिरेको केही बर्ष भयो । उनी ६ बर्ष पहिले मात्र अमेरिका गएका हुन् ।

 

पहिलेदेखिनै संगित कर्ममा लागेका उनको पहिचान भने अमेरिकन आइडलबाटै नै भयो । अमेरिकन आइडलबाटै सारा नेपालीले गर्व महशुस गरे । उनै दिवेशलाई अब अगाडि बढ्नको लागि हामी सबैको सहयोगका खाँचो रहेको छ । उनको अघिल्लो चरणको यात्रा जारी रहिरहनका लागि संसारभर रहेका नेपालीले भोट गर्न आवस्यक रहेको छ । यसअघि नै टप २० मा पुगिसकेका दिवसको अबको यात्रामा सबैको साथ चाहिने भएको हो । दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका छन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् । उनले संसारभर रहेका नेपालबाट धेरैनै आशा राख्दै भोट अपिल गरेका छन ।

दिवेशले ‘अर्थर गन’ को उपनामबाट गाउँदै आएको बताएका छन् । अमेरिकन आइडलको अडिसन राउन्डबाट उनी अर्को राउन्डको लागि छनौट हुँदा संसारले नै नेपाल चिनेको थियो । अहिले उनी नै फाइनल राउण्डका लागि भोट मागिरहेका छन् । विश्वकै एक ठुलो मञ्च मानिने अमेरिकन आइडलमा अडिसनबाटै धमाकेदार प्रस्तुति दिएका नेपाली दिवेशले विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी पेरीको मन जित्न सफल भएका थिए । त्यसपछिका हरेक प्रस्तुतिमा पनि सानदार प्रस्तुति दिएका अनको चर्चा संसारभर नै भएको थियो । अव उनलाइ अगाडि बढाउन सबैको सहयोगको खाँचो रहेको छ । संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन् । दिवेशका लागि भोटिङ खुल्ला भइसकेको छ । आउँदो अप्रिल २९ तारिखसम्म उनलाई भोट गर्न पाइनेछ ।

 

दिवेशले फेसबुक पेजमा लेखेका छन : Hope you all enjoyed the last night’s episode. I want to thank you all of you for tuning in last night, and showing all the love, support. I appreciate you all for voting. Thank you for all the folks in Nepal from the bottom of my heart, i feel your love and support to my core. All my fellow fans, friends and families in Wichita and the World, i can’t thank you all enough for investing yourself all the way in this journey.

 

जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ । मोवाइल एसएमएस पठाएर, अमेरिकन आइडलको मोवाइल एपमार्फत तथा अमेरिकन आइडलको वेबसाइटमार्फत गरी ३ तरिकाले भोट गर्न सकिनेछ । प्रत्येक तरिकाबाट बढीमा १० भोट गर्न पाइने बताइएकाे छ । अहिले सामाजिक संजालमा उनलाइ भाेट अपिल भइरहेकाे छ ।

 

भाेट गर्ने तरिकाः
१ माेबाइलकाे म्यासेज बक्समा १६ लेखेर २१५२३ मा म्सासेस पठाउनु पर्ने छ ।
२ अमेरिकन आइडलकाे एप्लिकेसन डाउनलाेड गरेर इमेल एकाउण्ट राख्दै भाेट गर्न सकिने छ ।
३ अमेरिकन आइडलकाे वेवसाइट idolvote.abc.com मा गएर पनि भाेट गर्न सकिने छ ।

देश बाहिरका बिभिन्न रियालिटि शाेमा नेपालीहरूले सहभागिता जनाउदै आएका छन । तर अमेरिकाको रियालिटी शो अमेरिकन आइडलमा छानिने उनी पहिलो नेपाली हुन् । काठमाडौंका पोखरेल हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=oN6fAlMM5gU

सम्बन्धित खबरहरु