काठमाडौं । कोरोना महामारीले अहिले विश्वभर झण्डै २ लाख १८ हजार भन्दा धेरैको ज्यान गएको छ । अहिलेसम्म संक्रमितहरुको संख्या पनि बढेको छ । अहिलेसम्म ३१ लाख ५५ हजार भन्दा धेरै कोरोना संक्रमित भएका छन् । अहिलेको विवाह, मृत्युजस्ता सामुहिक कार्यहरुमा परिवारका मान्छेहरु एक्लै हुन्छन् ।

 

त्यो पनि शाररीक दुरी कायम गरेर गर्नुपर्छ । कसैको विवाह, मृत्युमा मान्छेहरु जान सकिरहेका छैनन् । यस्तै संकट बलिउडका अभिनेता इरफान खानको परिवारले पनि भोग्नु परेको छ । आज उनको मुस्लिम संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । बुधबार दिउँसो मुम्बईको भरशोभा कब्रस्तानमा खानको लाश गा डिएको हो ।

 

उनी स्वंयम पनि गत शनिबार राजस्थानमा आफ्नी आमाको मृत्यु हुँदा लकडाउनका कारण जान पाएका थिएनन् । परिवार, नजिकका आफन्त र साथीहरू बीच उनको अन्त्येष्टि गरिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार उनको अन्तिम विदाइमा बीस जनालाई मात्रै प्रवेश गर्न दिइएको थियो । न्युरोएन्डोक्राइन ट्युमरका बिरामी खानको मंगलबार बिहान मुम्बईको कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालको आइसियूमा भर्ना भएका उनको बुधबार ५३ वर्षको अल्पायुमै ज्यान गएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 

सम्बन्धित खबरहरु