बागलुङ । बागलुङ नगरपालिका २ माझकोटमा डेरा गरी बस्दै आएकी ३० वर्षिय सम्झना किसानले सोमबार राती आफ्नै कोठामा जीवन त्याग गरेकी छिन् । उनले जीवन त्याग गर्नु अघि लेखेको एउटा नोटले सबैलाई झस्काएकी छिन् । उनले जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा पत्र लेखेकी छिन् । लेखेको पत्रमा जिल्ला प्रहरी कार्यालय बागलुङलाई सम्बोधन गर्दै ‘आवश्यक छानवीन गरी दोषीलाई कार्वाही गर्न’ माग गरेकी छिन् ।

गैरदलित युवासंग विवाह गरेको केही वर्षमै सम्बन्धमा खटपट भएपछि एक्लै बस्दै आएकी सम्झनाले जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक प्रहरी जवानका कारण आफुले जीवन त्याग गर्न बाध्य भएको नोटमा उल्लेख गरेकी छिन् । २०७५ भदौ ५ गतेदेखि ती प्रहरी जवानसंग चिनजान भई देखावटी मायामा फस्दा आज यता न उताको भएर जीवन त्याग्नु गर्नुपरेको सम्झनाले लेखेको पत्रमा उल्लेख छ ।

उनीसंग दुई वर्षसम्म सम्बन्धमा रहेको र अरु केटीसंग हिड्ने गरेको थाहा पाएपछि उससंग टाढिन खोज्दा पटक पटक आफुसंग बिताएको समयका तस्बिर र एसएमएसमार्फत बार्गेनिङ गरेपछि उसले भनेका सबै कुरा मान्दै आएको समेत नोटमा उल्लेख छ । ‘उसले भनेको मान्दै जाँदा राम्रै व्यवहार गथ्र्यो, तर पेटमा तेरो बच्चा छ भनी गुहार माग्दा मलाई फसाएर गुजारा चलाउन ममाथि यस्तो लगाईस् भन्यो’ नोटमा भनिएको छ ।

श्रीमानसंगको सम्बन्ध विच्छेद पनि प्रहरी जवानसंगको सम्बन्धकै कारण भएको समेत नोटमा उल्लेख गरिएको छ । श्रीमानसंगको सम्बन्ध विच्छेदको कुरा र ती प्रहरी जवानले गर्भ स्वीकार गर्न गरेको आनाकानीका कारण आफु यता न उताको भई जीवन त्यागको बाटो रोजेको सम्झनाले छोडेको नोटमा भनिएको छ, ‘मैले जीवन त्याग गरेपनि पेटमा भएको बच्चाको डिएन चेक गरी दोषीलाई कानुनी बमोजिमको सजाय दिनु भनी जिल्ला प्रहरी कार्यालय बागलुङमा आफ्नो निवेदन पेश गरेकी छु, निश्पक्ष न्यायको आशा राख्दछु ।’

मंगलबार बिहान ११ बजेसम्म नउठेपछि घरबेटीले ढोकाको भेन्टिलेसनबाट हेर्दा उनी सिलिङमा सलको सहायतामा जीवन त्यागेको अवस्थामा देखिएकी थिइन् । प्रहरीले मृतकले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरी कार्यालयमा लगेको छ । धौलागिरी अंचल अस्पतालमा राखिएको मृतक सम्झनाको लाशको परीक्षण भएको छ ।

‘त्यो केशमा अहिलेसम्म शंकास्पद केही छैन’ जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक हेम केसीले भने, ‘मान्छेका व्यक्तिगत कुरा केही हुन सक्लान, त्यो अनुसन्धानमा खुल्ने हो, तर, प्रारम्भिक चरणमा हेर्दा जीवन त्याग शंकास्पद केही छैन ।’ मृतक सम्झनाका एक छोरी छिन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु