काठमाडौ । मान्छेको भाग्य पनि कस्तो–कस्तो हुन्छ ? नौ दिन अघि छोरा आगलागीमा बितेका थिए । अनी घाइते बुवाको जब होस खुल्यो तत्कालै भएको हृदयघातले नौ दिनपछि मृत्यु भयो । यो घटना गुल्मीको हो । यहाँ गत वैशाख ८ गते चन्द्रकोट गाउँपालिका वडा नम्बर ४ शान्तिपुर बजारमा रहेको एक पसलमा भएको आगलागी हुँदा एकजनाको ज्यान गएको थियो । अर्को एकजना गम्भीर घाइते भएका थिँए जस्को आज ज्यान गएको हो ।

बाग्लुङको बरेङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष पूर्ण बहादुर खनालको गुल्मीको शान्तिपुर बसपार्कस्थित घरमा आगलागी हुँदा घाइते खनालको बुधबार काठमाडौंको कीर्तिपुरस्थित वर्न अस्पतालमा निधन भएको परिवारले जानकारी गराएको छ । खाद्यान्न र ग्याँससँगै खुला रूपमा डिजल र पेट्रोलको समेत विक्री वितरण गर्दै आएका खनालको घरमा एक्कासि भएको आगलागीमा परी उनका कान्छो छोरा १६ वर्षीय समिरको सोही दिन घटनास्थलमै ज्यान गएको थियो । आगलागीमा खनाल र उनकी श्रीमती रूपा खनाल घाइते भएका थिए । घाइते दुवै जनाको सोही दिनदेखि नै काठमाडौंमा उपचार भइरहेकोमा पूर्ण बहादुरको बुधबार मृत्यु भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु