काठमाडौं । चर्चित बलिउड अभिनेता इफरान खानको निधन भएकै दिन अर्का अभिनेता अस्पताल भर्ना भएका छन् । बलिउड अभिनेता ऋषि कपुर अस्वस्थ भएपछि अस्पताल भर्ना भएका हुन् । क्यान्सरबाट पीडित उनलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको जानकारी दिइएको छ ।

६७ वर्षीय ऋषि कपुरलाई बुधबार राति अस्पताल भर्ना गरिएको उनका भाइ रणधीर कपुरले जानकारी दिएका छन् । रणधीरका अनुसार ऋषि कपुरलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएको छ । अहिले उनको स्वास्थ्य स्थीर रहेको छ । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु