काठमाडौं । चर्चित बलिउड अभिनेता ऋषि कपूरको बिहीबार दिउँसो चंदनवाडी श'वगृहमा दाहसंस्कार गरिएको छ । यहाँ उनकी पत्नी नीतू कपूर र छोरा रणबीर कपूरलगायत करीव दुई दर्जनको उपस्थित रहेको थियो । उनकी छोरी रिद्धिमा कपूर साहनी दिल्लीमा हुनुहुन्छ । यसभन्दा पहिले उनले डीजीसीएबाट चार्टर प्लेनमा जानको लागि स्वीकृति मागेको थियो जुन उपलब्ध भएन् । अब दिल्ली पुलिसले उनलाई सडकमा जान अनुमति दियो । रिद्धिमा सडक बाट १,४०० किलोमिटर यात्रा गर्नेछिन् । त्यसैले उनी आफ्नो बुबाको अन्त्येष्टिमा मुम्बई पुग्न सकिनन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=rVbHli-z2UE&feature=youtu.be

नीतू कपूर र रणबीर बाहेक करीना कपूर, अभिषेक बच्चन, ऐश्वर्या राई बच्चन, उद्योगपति अनिल अम्बानी, आलिया भट्ट, रीमा जैन, मनोज जैन, सम्मान जैन, अनीशा जैन, विमल परीख, डा. टण्डन र राहुल रावल घाटसम्म अन्तिम विदाई गर्न उपस्थित थिए । ऋषि कपूरको मृत्यु पछि, नीतू कपूरले ऋषि कपुरले अस्पतालका डाक्टरहरू र मेडिकल स्टाफलाई अन्त सम्म मनोरन्जन गरिरहेको बताइन् । उनले अन्तिम विदाई मुस्कानसहित गर्नुपर्ने बताएकी थिइन् । यहाँ आलिया भट्ट लगायत अन्य केही कलाकारहरु रोएको देख्न सकिन्थ्यो ।

 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=rVbHli-z2UE&feature=youtu.be

सम्बन्धित खबरहरु