लघुकथा : उद्धारको हंगामा

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १८ ब‌ैशाख, २०७७

प्रकाश आचार्य “भावुक-प्रभा” । सबैतिरबाट स्थानीय सरकारले आफ्ना नागरिकलाई लगिसक्यो । तिम्रो र मेरा पालिका त कस्तोे पालिका ! हाम्रो स्थानीय सरकार त खै ?

यतिकैमा रिता र सीता चामलको बोरातर्फ आँखा लाउँछन् र पिलपिल गर्छन् ! अब मात्र दुई केजी चामल छ । पैसा नि सकिन लाग्यो ।राहत लिन जाउँ – त्यो गरिबीका बीचमा पनि आमाले खाई नखाई हामीलाई खुवाएर सप्कोले आँसु छोपेर जोगाएको इज्जत फेसबुक र टिभिमा भाइरल बनाएर सकिदिन्छन् । आमाले त्यो कुरा सुनिन भने ? अब नजाउँ भोकै मर्ने दिन आए !

यत्तिकैमा रिताले फेसबुक खोलेर हेर्छे र मन्द मुस्कुराउँछे । सिताले भन्छे तँ त खुसि भइस् नि ! के भयो ?
ओई ! मेरो पालिकाले त हामी सहरमा अफ्ट्यारो परेका नागरिकलाई लान्छ रे नि !

सीता~ हँ ! तँ त कति भाग्यमानी है । तेरा ठाउँका जनप्रतिनिधी पनि भगवान जस्ता ! त सुनाउँथिस् नि मलाई ~ मैले चुनाबको बेला जनप्रतिनिधीलाई अँगालो भरी माला लाईदिएको कुरा तर मलाई कति मन परेको थिएन । अहिले तेरो कुरा सुनेपछि ठीक गरेजस्तो लाग्यो । तँ त जाने भैहालिस् म एक्लै हुने भए । हाम्रो पालिकाको त केही सुरसार छैन ।

रिताले सम्झाउँदै भनी नआतिन म गएपछि अझै दुई केजी चामल त छ नि ! म त भोली गईहाल्छु । केही दिनमा त लक डाउन पनि खुल्ला नि !

ओई रात नि छिप्पिसक्यो बिहानै यहाँदेखि कोटेश्वरसम्म हिनेर जानू छ, अब सुतौ । रिता र सीता दुबै मिलेर रिताको लाउने लुगाँहरु मिलाएर झोला ठिक्क पारेर सुत्छन् । बिहानै उठेर रिता आफ्नो झोला बोकेर सीता लकडाउन खुलेपछि भेटौँ है भन्दै कोटेश्वरतर्फ लाग्छे । बाटामा पुलिसले छेकेर हैरान पार्छ ।पालिकाको सूचना देखाएर कोटेश्वर त पुग्छे।

ऊजस्तै घर जान लाम लागेर बसेका गाउँले भेटेर खुसि हुन्छे । एक छेउमा उभिएर सोध्छे ~ कतिबेला आइपुग्छ रे गाडी ? एउटी बुढी आमा ऐया ऐया गर्दै घुँडामा हात लाएर उठ्दै बोल्छिन् । गाडी त आउँदैन रे नानी ! मन्त्रालयले रोक्यो रे ! खै जनप्रतिनिधी पनि के अविश्वासिला भए है, नसक्नु । उद्धार गर्छौ भरेर हंङ्गा मच्चायो हल्ला गर्यो । पहिले दिने नदिने बुझ्नुसुझ्नु छैन ? मान्छेलाई आश देखायो अनि पल्टाईदियो ।

बेक्कारमा दुस्ख !

रिता सुनेको सुनै हुन्छे । गलेर लखतरान हुन्छेस थचक्क बस्छे र सम्झन्छे भोकै बस्नुपरेका दिन ! पिलपिलाउन थाल्छे ।

प्रकाश आचार्य “भावुक-प्रभा”
दिक्तेल रु.म. खोटाङ – आचार्यनगरी [माझाघर]

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु