काठमाडौं । कोरोना महामारीको केन्द्र बनेको उदयपुरबाट एक दुःखद खबर आएको छ । क्वारेन्टाइनमा बसेको एक सातापछि उदयपुरको रौतामाई गाउँपालिका–७ गुराँसेका एक युवाले बिहीबार राती जीवनत्याग गरेका छन् । श्रीमतीसहित जनता क्याम्पस रौतामाई ७ राजाबास क्वारेन्टनाइनमा बस्दै आएका १८ वर्षीय सुमन विकले जीवनत्याग गरेका हुन् ।
गाउँपालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काका अनुसार प्रेम विवाह गरी काठमाडौं पुगेका विकलाई यही बैशाख ११ गते घर फर्किएपछि क्वारेन्टाइनमा राखिएको थियो । श्रीमतीसँग एउटै कोठामा बसेका विकले राती श्रीमती सुतिसकेपछि सलमा पासो लागि जीवनत्याग गरेको प्रहरीले जनाएको छ ।
जीवनत्याग गर्नुको कारणले खुलि नसकेको जिल्ला प्रहरी कार्यालयका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । क्वारेन्टाइनमा रहेका अन्य व्यक्तिले भने उनीहरुबीच नियमित विवाद हुँदै आएको जानकारी दिएको एसपी बुढामगरले जानकारी दिए ।