काठमाडौं । उपत्यका लगायत देशका धेरै स्थानहरुमा मेघ, गर्जनसहित वर्षा सुरु भएको छ । आज बिहानैदेखि खराब बनेको मौसम आज दिनभरी पनि नखुल्ने संकेत देखिएको छ । मौसमविद्ले देशका धेरै स्थानहरुमा चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेका छन् ।

अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा पूर्वी भू–भाग नजिक बनेको न्यून चापिय क्षेत्रको प्रभाव हुनुको साथै बंगालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु नेपालमा प्रवेश भएको देखिन्छ । थप तीन दिनको मौसम जानकारी तल हेर्नुहोस्

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

बैशाख 1९ गते (शुक्रबार)

दिउँसोः देशको पश्चिमी भू-भागमा पूर्ण बदली तथा मध्य तथा पूर्वी भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा र मध्य र पुर्वी भु-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख २० गते (शनिबार)

दिउँसोः देशको पश्चिमी पहाडी भू-भाग तथा मध्य र पुर्वी भु-भागमा सामान्य बदली र अन्य भू-भागमा आंशिक बदली रही देशका पहाडी भूभागका केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको पहाडी भू-भागमा सामान्य बदली तथा पुर्वी तराइ भू-भागमा आंशिक बदली रही वाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । देशका पश्चिमी र पुर्वी पहाडी भूभागका केही स्थानहरुमा र मध्य भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

बैशाख २१ गते (आइतबार)

दिउँसोः देशको अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

रातीः देशको अधिकांश भू-भागमा सामान्य बदली रही पश्चिमी र मध्य भूभागका थोरै स्थानहरुमा र पुर्वी भु-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

सम्बन्धित खबरहरु