डेलिभरी ब्वाई

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १९ ब‌ैशाख, २०७७

अनुप मिश्र । मोबाईलको अलार्मले बिहान ४ः३० बजेको सङ्केत दिइराखेको थियो । पौष, निन्द्रा सारै प्यारो लाग्ने महिना । तर, के गर्नु ? ढोका पछाडी झुन्ड्याइएको सेतो धर्के कमिज, कालो पाइन्ट, बाक्लो ज्याकेट मेरो लागि तयार थिए । म अर्थात आहन्स चौधरी । कैलाली, टिकापुरबाट उच्चशिक्षाको लागि काठमाडौं आएको सोझो केटो ! उमेर २१ वर्ष । अरु साथीहरुको जस्तै हिँडडुलमा बित्ने समय । मेरो काँधमा भने जिम्मेवारी थियो, धेरै कुराको । पेसा भनौं वा पार्ट टाईम जब । सुर्योदय पहिले घर-घरमा पत्रिका पुर्याइदिने, बिहान कलेज अनि दिउँसोमा फुड डेलिभरी । हरेक घरको गेटमा एउटा पाईप झुन्डाइएको हुन्थ्यो, म त्यसैमा पत्रिका घुसाएर छोड्दिने गर्दथेँ । पाइप नराखिएको घरको बराण्डा वा कौसिमा पुग्ने गरेर पत्रिका फ्याक्थेँ । पौषको महिनामा पनि आकलझुकल पानी पर्छ । आज पनि सिमसिम पानी पर्दैछ । बनस्थली स्कुलको तल बन्द रहेको सटर अगाडिबाट एउटा पुरानो ईन्डियान साईकलको पछाडी सबै पत्रिकालाई सेतो प्लास्टिकले बेरेर घर-घरमा पुर्याउन अघी बढे । साईबाबा मन्दिर अगाडि रहेको त्यस सुन्तला रङ्गको तीन तले घर !

 

जसमा कहिले पाईप राखिएको हुँदैन, कौशी वा बरण्डामा पत्रिका फ्याल्दा सबै भिज्थ्यो । पानी परेको बेला त्यस घरमा व्यक्तिलाई हातमा जिम्मा लगाएर मात्रै हिड्न पाइन्थ्यो । एक बुढा बा आएर पत्रिका लिन्थे । सायद बुढालाई धर्मकर्ममा निकै रुची थियो होला । पौषको जाडोमा पनि नुहाएर लुङ्गी मात्र लगाएर बसेका हुन्थे । तर, आज एउटा केटी भर्याङ्गबाट हतारिदै एक्छिन भन्दै चप्पल पड्काउदै पत्रिका लिन आई । पहिलो पटक देखेको थिए । मेरा कपालबाट झरेका तप.. तप पानीको थोपाहरु पत्रिकामा परेका थिए । हातमा थमाइदिएको पत्रिका उसले लिन निकै बेर लगाई अनि धन्यवाद टक्र्याइ । बिहान ६ बजेसम्म त सबै पत्रिका डेलिभरी सकेर कोठामा गएर युनिफर्म लगाएर कलेज पुग्न पर्दथ्यो ।

 

मलाई कतै फुर्सदले भुल्ने समय हुँदैन थियो, न त १ कप चिया खाने नै । कलेजमा ब्रेक टाईमसम्म बस्ने त्यसपछी गायब हुने मेरो दैनिकी थियो । म मात्र हैन मलाई साथ दिने साथिहरु पनि थिए । भृकुटीमण्डपमा रहेको फन पार्कको काउन्टर वालाहरुले त राम्रै चिनेका थिए । फुड डेलिभरिको जागिरबारे मात्र जानकार थिए साथिहरु । बिहानको पत्रिका डेलिभरी भने आफ्नै घरबेटीलाई पनि थाहा थिएन । गोजिमा जती पैसा भए पनि साथिभाइको अगाडी सधै टिप टप देखिएर हिड्ने गर्थे । खाजा खाने बेला पैसा तिर्न पछी पर्दिनथेँ। भोलिपल्ट पनि बिहानको अलार्मसँगै दैनिकी दोहोरियो । र, दोहोरियो सुन्तला रंगको घरमा पत्रिका लिन आउने त्यो केटी पनि ।

 

पानी परेको थिएन । उ पत्रिका लिन आई अनि भनि पत्रिका यसै फ्यालेर नजानुस् है । तपाई आएपछी बोलाउनुस् लिन आउँछु म । टाउको हल्लाएर सहमति जनाए । उसलेचाहिँ हिजोको जस्तो धन्यवादसँग मुस्कान छाडेर गई । त्यो दिन मात्रै होइन, सधै म त्यहाँ पुग्दा मुस्कान सहित तल आउँथी ऊ। एकदिन उसले सोधी, ‘तपाईंलाई बिहानै उठेर यसरी हिड्न गार्हो हुँदैन ।’ उतिर हेरेर मुस्काए अनि बोलेँ, ‘तपाइ यतिक्कै त उठेर बस्नु हुन्छ, म त कामले ।’ ऊ सँधै केहि न केहि भनिरहेकी हुन्थी म त्यती वास्ता गर्दिन थिए । एक दिन कलेजका साथीहरुसँग उसको कुरा शेयर गरेँ । पत्रिका लिन आउने केटी नभनेर फुड अर्डर गर्ने केटी भने । चाहिने नचाहिने कुरा गरेर समय खाइदिन्छे भनेर साथीहरुलाई सुनाए । उनिहरु जिस्किदै  भने, ‘फोन नम्बर दे, हामी कुरा गर्छौं ।’ मन चसक्क भयो, साथीहरुको कुराले । सायद ऊ प्रतिको माया थियो की त्यो ? कि केटाहरुको अभद्र बोलिले पनि हुन सक्छ । साथीहरुलाई शेयर गर्नु पछाडिको कारणचाहिँ उनिहरुले कस्तो सल्लाह देलान भन्ने थियो ।

 

अर्को एक बिहान पनि ऊ पत्रिका लिन आई । उसले पत्रिका समाउँदा मेरो मनमा ऊ सजिई । ऊ भने चडकिई त्यो दिन अनि भनि, ‘कस्तो आलु जस्तो मान्छे ।’ ‘ओह मेडम ! हो आलु जस्तै छु । उसिने पनि भयो, फ्राई गरे पनि, अचार बनाए पनि भयो तपाईंको इच्छा ।’ मेरो कुराले झन हाँसी ऊ । ऊ भर्याङबाट माथी जाँदा चेन गेटबाट देखिएसम्म हेरिराखे मैलेचाहिँ । कस्तो होसै नराखी बोलेछु, कस्तो थालले छोप्न खोजेको मकै पड्केर फुत्केको जस्तो सबै कुराहरु एकै चोटी मुखबाट फुत्केर गए, किन मनले शब्दहरु भित्रै छोपी राख्न सकिन । मनमा कुरा खेलिरहेका थिए । आँखामा चाहिँ उनकै दृश्य । पहेलो कुर्था सेतो सुर्वाल र किचेन चप्पलमा आएकी ऊ पछाडीबाट पनि साह्रै राम्री देखिन्थी । सायद मेरा मनमा आएका परिवर्तन मेरा आँखाहरुले बुझेका थिए ।

 

कलेज जाँदा पनि मनमा ऊ हिडेका पाइलाका चालहरु चल्थे । अर्को दिन उसलाई हेर्ने आशमा बिहान हतारिदै गए, अरु दिन भन्दा धेरै चाँडो । तर उसलाई देखिन । एक छिन आलटाल गरेर बसेँ तर ऊ आइन । मैले पत्रिका कौशिमा फ्यालेँ । हिजो बोलेका कुराहरु याद आए अनि लाग्यो ऊ रिसाइछे । बेकार बोलेछु हिजो, भन्ने लाग्यो । मनमा धेरै कुराहरु खेल्दै गर्दा याद आयो, ‘मलाई नदेखे बोलाउनु है ।’ भनेको उनको स्वर । तर, बोलाउन भुलेछु मैले । सायद यो ऊ प्रती मेरो मनमा पलाएकाे मायाको असर थियो । जुनमा रिस हुन्छ, त्यसमा बिर्सने रोग पलाएको हुन्छ भने जस्तै । अर्को दिन बिहान मलाई केहि हतार थिएन सायद अघिल्लो दिन उसलाई नभेटेकाले होला । एकैदिनमा आशाको दियो निभेको थियो । सधै हिंड्ने समयमानै आज हिडेको थिए ।

 

त्यहाँ पुग्दा चकित भएँ म । ऊ ढोकामा उभिएर बसेकी थिइ । म पुग्नसाथ हतारिदै उसले भनी, ‘हिजो कती छिटो आएर गएछौ, म भने तल आएर कुरेर बसिराखेकी, बोलाउँदा पनि बोलाएनौँ । पछी बाबाले माथीबाट पत्रिका फ्यालेर गईसकेछ, यो सिम्रन भने माथी कतै नहेरी त्यसै तल जान्छे भनेको सुनेर फर्किए ।’ उसको स्वरपछि मुसुस्क मुस्कुराए । सरी बाहेक केही अरु फुरेन । माया पनि कस्तो, समय मिलेन भने मनमा अनगिन्ती उतारचडाव ल्याईदिने । सफा खोलामा बाढी आए  जस्तो सफा मन पनि धमिलिने । मैले उसको नाम पनि उसैको मुखबाट सुन्न पाए त्यो पनि कती सजिलै कुनै कष्ट बिना । थर त मलाई पत्रिकाको वार्षिक ग्राहक बन्ने बेलामा भरेको फारमबाट नै थाहा थियो । पुरा नाम सिम्रन आचार्य।

 

नामै सिम्रन ! जसको अर्थ रहेको छ सम्झना ! अनि, म कसरी बिर्सन सक्छु ।  घर छाडेर काठमाडौं आउनुका मेरो उद्देश्य दिन प्रतिदिन बदलिएकाे थियाे। मैले आफ्नो घर, थर, परिवार, आर्थिक स्थिती सबै बिर्सदैँ आँखामा कालो पट्टी लगाएर मायाको खेल खेलिराखेको थिए । फूलि राखेको फूललाई पनि थाहा हुँदैन भोली बिहान ऊ मन्दिर जान्छ कि घाटमा, त्यो त टिप्ने र किन्ने मान्छेमा भर पर्छ । हो, तेस्तै बनेको छ मेरो जिवन ! मायाको खेलले घाटमा पुराउँछ वा मन्दिरमा । यो सबै उसैको हातमा छ तर मायाको मल पाउँदासम्म फुलि रहनेछु ।  हिलोमा फुले पनि उसको मनमा रहँदासम्म शोभा बढाउनेछु । म हरेक बिहानपछी अर्को बिहानी खोजिराखेको थिए। दिन र रातसँग सरोकार राख्न चाहन्न थिए । भेट्ने चाहना बढ्दै गयो । यसरी नै अर्को दिन बिहानको भेटमा उसले भनि तपाईंको नाम भन्न मिल्छ । आफैँ खोज्नुस् मैले फर्काए ।

 

अनि फेरी बोलेँ, ‘सुन्नुन मलाई तिमी भन्दा पनि हुन्छ है, तपाईंले मलाई तपाईं भनेको नसुहाउने रहेछ ।’ उ बोली, ‘अनि आफु, आफु त मलाई तपाईं भन्छौ त, केटाले तपाईं केटीले तिमी भनेको पनि त सुहाँउदैन नि ।’उ मुसुक्क हाँस्दै भनि अनि नाम ? उसको बुबाले माथिबाट हेरिरहेको देखेँ । ‘आहन्स ।’ यति बोलेर हिडेँ म । दिन, साँझ र रातले हाम्रो सम्बन्धमा निकै लोभ गरेको महसुस गर्दैथिए । त्यसैले त बिहान हुन निकै समय लाग्थ्यो । दिनदिनै मेरो जिन्दगीमा १-१ गरेर इन्द्रेणीका रङ्गहरु थपिदै गए । भोलिपल्ट उसले भनि नामसँग मात्र त कुरा गर्न मिल्दैन रहेछ मिल्छ भने मोबाईल नम्बर पनि देउ न । मैले अनाकनी गरेँ । उसले भनि, ‘म आफै खोज्छु ।’ हस त्यसो भए पत्ता लगाउ है त । म हिडेँ त्यहाबाट ।

 

केहि समयपछी मेरो मोवाइल बज्यो । नम्बर नयाँ थियो । ‘हेल्लो आहन्स हो ?’ केटीको आवाज थियो । हजुर हो, को बोल्नु भएको होला ?
‘मनमा भए पो चिनिन्छ ।’ उ लाडिदै बोली । मलाई चिन्न बेर लागेन, हतारिदै फर्काए, ‘अँह थाहा भयो, त्यसैले मैले हेल्लो भन्दा आहन्स हो भनेर सोध्ने मान्छे ।’ उसले भनि तिमीलाई पनि कती कुरा गर्न आउछ है । ‘अनि भन नम्बर कताबाट पायौ ।’ मैले सोधे । ‘आफै खोजे ।’ उसले भनि । हस अहिले राख्दिन्छु ल भनेर मैले फोन काटिदिए । उसको त्यो बोलिमा मायाका भावनाहरु सजिलै थाहा पाउन सकिन्थ्यो । दिउसो २ बजे तिर फेरी फोन गरी म फुड डेलिभरी मा थिए फोन काटिदिए । उसको फोन आईराख्यो मैले काट्दिइ राखे । उसले मेसेज गरि, किन फोन काटिराखेको । मैले फर्काए बिजी छु, फेरी उताबाट आयो, के मा ? अनि मैले फोन गरेर मेरो फुड डेलिभरिको पेशाको बारेमा पनि बताए । ग्राहकले फोन गर्दा ब्यस्त हुन्छ त्यसैले तिमीसँग पछी कुरा गर्छु ल भनेर फोन राखिदिए ।

 

केहि समयपछी अफिसबाट मेसेज आयो । २ ओटा भेज बर्गर, स्थान साईबाबा मन्दिर, बनस्थली फोन नं (९८५१०…..) । मैले बाघ बजारमा रहेको एटी बर्गरबाट बर्गर प्याक गरेर लोकेशनको लागि नं. डायल गरे । फोनमा अघी सेभ गरेको नं. आयो “सिम्रन“। म सरासर उसको घर अगाडी पुगे र उसलाई फोन गरे । उसले भनि बाइसधारा अगाडी छु यतै आउन मिल्छ भने आउन । म सरासर बाइसधारा पुगे, उ पार्किङ्गमा उभिराखेकी रहेछ । उसले भनि फुर्सद छ भने भित्र जाम न एकछिन पोखरी छेउमा बसेर कुरा गरौ । भित्र पुगेर उसले मलाई एकैछिन आँखा चिम्म गर्न लगाई र मेरो झोला बाट बर्गर झिकेर एउटा मेरो हातमा थमाउदै आँखा खोल्न लगाई । एउटा तिमीलाई एउटा मलाई । म केहि बोल्न सकिराखेको थिइन, यती धेरै समय सम्म एकर्काको मुहार हेर्न पाएको यो हाम्रो पहिलो भेट थियो । सधै कुर्थामा सजिएकी उ, आज सेतो टिसर्ट, निलो मम्स पैन्ट र कालो फ्लयाट चप्पलमा सजिएकी थिइ । मेरो मनले धेरै बेर उसको रुपको बर्णन थामिराख्न सकेन, कती राम्री देखिएकी । सायद मेरो मुखबाट उसको बर्णन सुन्न आतुर थिइ उ । त्यसैले मेरा कुराहरु नसकिदै फर्काइ खुब होला, हेर्ने नजरमा पनि भर पर्छ भन्छन क्यारे । थाहा छ आहन्स ! मैले तिमीलाई पहिलो चोटी देख्दा छ नि “एकै नजरमा माया बस्यो है“ गित त मेरै लागि बनेको जस्तो महसुस गरेको थिए  । खोइ मैले त सुनेको छैन तर आज मलाई “त्यो आँखाले जिउदै मा’र्यो है“ ।

 

मेरा शब्दले उ खुलेर हाँसी जसले मलाई आनन्द बनाएको थियो । मैले दिन सक्ने केबल माया र बोली त थियो त्यही पनि हाम्रो सम्बन्धमा कसैको नजर लागेन भने । उसँग एक्छिनसँगै बस्दा आकाशमा उडेका ति रङ्गिन चराहरु पनि हाम्रो लागि नाच देखाईरहेका छन । हामी अतिथी बनेर हेरिरहेका छौ जस्तो अनुभुती भएको थियो । केहिबेर सँगै बसेर उसले मलाई लिउ यो राख भन्दै बर्गरको पैसा मेरो सर्टको बगलिमा राखिदिई । मैले जती नाई भने पनि केहि डिक चलेन । हामी छुट्टिएपछी उ स्कुटरमा मेरो पछी पछी बालाजु चोकसम्म आएको लुकिङ्ग ग्लासमा देखेको थिए, उसले बाई गरी मैले लुकिङ्ग ग्लास बटार्दै बाई फर्काए । अफिसमा पुगेर झोला खोलेर भित्र हेरेको त एउटा गुलावी प्लास्टिक भित्र मोबाईल र एउटा कागज रहेछ जसमा लेखिएको थियो, अब मसँग यसैबाट कुरा गर्ने, अनि तिम्रो व्यस्त फोन अफिसका लागि ।

 

सायद मलाई आँखा बन्द गर्न लगाएकी थिई । त्यहीबेला झोलामा मोवाइल हालिदिइछ । हरेक दिन बिहानका कुराहरु गरेर दिँउसो होस वा राती फुर्सदको बेलामा फोनमै झुम्मिएर हाम्रो दैनिकी बित्दै गयो । एकदिन उसले बाहिर भेट्ने प्रस्ताव राखी जुन कुरा मैले सजिलै स्वीकारे, मनले डोराएको हो वा इच्छाहरुले थाहा थिएन । स्थान गार्डेन अफ ड्रिम्स् । उसले मेरो कोठा बाहिर लिन आउने कुरा गरेकी थिइ तर मलाई असजिलो लाग्यो, बनस्थली चोकमा भेटेर सँगै जाने कुरा भयो । हाम्रो लागि सँगै हुँदा हरेक सेकेण्डको महत्व रहेको थियो । स्कुटर चलाउदा राम्रो सँग कुरा गर्न नमिल्ने भएर हामीले बसलाई रोज्यौं । मनमा लाग्दैथियो बसले पनि हाम्रै स्वागत गर्न कुरी राखेको थियो । पहिलो पटक उसले मेरो हात समातेकी थिइ जुन कुरा मेरा मनमा रहेको लाखौ भावानाहरु खुशीले काउकुती लगाएर रमाउदै थिए ।

 

गाडी चलाउने दाइले पनि हाम्रोमनको कुरा बुझेछन क्यारे “जाउ माया सरर पिर मान्ने को छ र, माया भन्दा ठुलो नै क छ र“ गित बजाएर साथ दिए । रोमाञ्चक बसको यात्रा पछी हामी हिडेर गार्डेन अफ ड्रिम्स् पुग्यौं । भित्र छिर्न साथ रहेको पोखरीमा देखाउदै, हामी यहाँ फोटो खिचम न भन्दै नजिकै रहेको एक जना दाईलाई हाम्रो फोटो खिच्न लगाइ जसमा उ मेरा गाला तिर फर्केर मुख चुच्चो पारेकी थिइ । उ यती धेरै खुशी देखिन्थी लाग्थ्यो हाम्रो यो बिहे पछिको घुमघाम चलिरहेछ । उ खुल्ला आकाशमा निस्फिक्री रहेर उडेको चरा जस्तै हाम्रो मायामा उडिरहेकी थिइ । जता पनि प्रेम जोडिहरु आफ्नो मायामा लिप्त भएका देख्निथे । अनेकौ सपनाहरु बोकेका तर समाजमा खुल्न नसकेका जोडिहरुको केहि बेर मिलन गराईदिने बंगैचा भएर भनिएको रहेछ गार्डेन अफ ड्रिम्स् अर्थात बंगैचा सपनाहरुको । मलाई सायद उसँग भेट्न बाद्य, मन भित्र कुडिएका ब्यथाहरुले बनाएका थिए । उ मेरो काँधमा आफ्नो टाउको राख्दै आनन्द लिएर निदाए जस्तै गरी बसिराखेकी थिइ, यतिकैमा मेरा मन भित्रका गाँठाहरु फुकेर आए र उसलाई भने हामी यति नजिएका छौ सिम्रन, तर मेरो मनमा सधै एउटै डरले पिरोलेको हुन्छ, त्यो हो हाम्रो गन्तव्य जुन कुरा हामी दुवैको हातमा छैन केवल छ त समाज र तिम्रो घर परिवारको इज्जतमा ।

 

तिमी एक झर्ना हौ सिम्रन, म बगिरहेको खोला मान्छेहरुले झर्नालाई पनि छाँगाबाट झरिराख्दा उसको सौन्दर्यमा रमाउने गर्छन जब त्यसको पानी खोलामा मिसिन्छ नि तब त्यसको सौन्दर्य हराएर जानेछ । त्यसैले तिमी म मा मिसिएर आफ्नो सौन्दर्य किन गुमाउन चाहन्छौ । मेरो पालो सकियो । उ बोल्न थाली, ‘आहन्स, सबैलाई एउटा गन्तव्यमा पुग्नुनै पर्छ त्यसैले झर्नाको पानी पनि एक्लै आफ्नो गन्त्यवमा पुग्न सक्दैन र खोलाको साथ लिन्छ । झर्नाको सौन्दर्य त मानिसले फुर्सद्को बेलामा मात्र चाहने गर्दछ तर बगी राखेको खोलाको पानी त सबैले नचाहेर पनि  दैनिकी चलाउन आवश्यक बनेर घर घरमा पुग्ने गर्दछ त्यही मध्ये म पनि एक हुँ जसलाई तिम्रो आवश्यक हर दिन रही रहन्छ । मबाट टाढिन नखोज आहन्स, भग्वानले पनि हामीलाई हात, खुट्टा, आँखा, कान सबै दुइ ओटा दिएका छन तर मुटु किन एउटा थाहा छ, किनभने त्यो दुइ ओटा बनाउने जिम्मा हामी आफैलाई छोडेका हुन्छन ।’

 

उ यसरी बोल्थी, मानौं मेरो मनभित्र छ उ । त्यसैले त उसको मायाले भरिएका बोलिहरुले नै मलाई हाम्रो सम्बन्ध बिच दुरी रहन दिएन । दिनहरु बित्दै गए । श्रावणको महिना थियो कोठाबाट निस्कदा पानी परेको थिएन तर पत्रिका लिएर हिडेपछी भारी बर्षा भयो । पत्रिका प्लास्टिकले छोपे पनि आफ्नो शिर देखी पाउसम्म भिझ्न कतै बाकी रहेन । जब उसको घर पुगे ऊ सार्है आतिदैँ भनि खोइ रेनकोट ! बर्खाको बेला रेनकोट साथमा लिएर हिड्न पर्दैन, आउ माथी लुगा फेरेर जाउ । म छक्क पर्दै भने के भन्छे यो ? बढाहरु छैनन्… उसले भनि अह कोही पनि हुनुहुन्न, मैले साईकल अलि छेउ तिर अडाएर भित्र तिर ओत लाग्दै भने कहाँ गए त ? उसले हल्का रिसमा मुस्कान मिसाएर जवाफ दिन्छे, छ्या ! तिमी पनि जे पायाे नभन न ! हजुर आमाको श्राद्ध गर्न मुक्तिनाथ जानु भा’को छ । उसलाई पछ्याउँदै म उसको कोठामा गए । उसले केटालाई हुने आफ्ना लुगाहरु मेरो हातमा राखिदिइ, लाउ फेर ।

 

 

मैले भने बाहिर जाउ, उसले भनि के हुन्छ त म यहाँ बसेर । यस्तै कुराहरुमा जिस्कदैँ ऊ नजिकिदै गइ । बाहिर पानीसँगै वेगले हावाहुरी चल्दै थियो । झ्यालको काँपबाट बतासले लखेटेको पानी बाछिट्टा बनेर सकी नसकी भित्र छिर्न खोज्दै थियो । अन्तत: माया प्रेम बीच कुनै दुरी नराखी हाम्रो समबन्धमा एक खुड्किलो माथी सर्यो । कुनै खेल रमाईलो लाग्दै छ भने शरीर थाके पनि मनले बाहिरिन मान्दैन थियो । आफु थाकेको महसुस त मैदानबाट उत्रिएपछी मात्र थाहा हुनेरहेछ । त्यसरी नै खेल मैदानबाट उत्रिएपछि मेरा मन थाकेका महसुस भयो र भित्री भावनाहरु पोखिन थाले ।

 

म एउटा सुकेको काठको मुडो भएको छु, चिता होस वा हवन ! जे मा पनि म जल्दासम्म मात्र मेरो अस्तितो रहने छ । जब खरानी हुन्छु तब कतै फ्याकिनेछु । मेरो कुरा सुनेपछि मुख खोली, ‘हो, तिमी मेरो मायामा सुकेको काठको मुडो बनेको छौ, मुर्तिकारले जसरि सुकेकै काठबाट भगवान बनाउँछ र सबैले पुज्ने गर्छन त्यसरि नै तिमी मेरो लागि जीवनमा बन्दै गरेको भगवान हौ, जुन दिन देखी भेटेको थिए त्यही दिनबाट मनको मन्दिरमा सजाएको छु ।’

 

मैले उसलाई सम्झाउनु थियो, ‘अबुझ बन्ने प्रयास नगर सिम्रन ! हाम्रो जातभात, रङ्ग, थर केहि मिल्दैन, यो समाजले स्विकार्न गार्हो छ ।’
उसले फर्काइ, ‘तर, मन ! मन त हाम्रो एक छ नि हैन ।’ म निशब्द भए । गफमा निकै समय गइसकेको थियो । म हतारिदै लुगा फेरेर जान तयार भए उसले हातमा रेनकोट दिएर निदारमा ओठले मायाको चिनो दिइ, जसको आभाष क्षणिक भए पनि प्यारो थियो । उसको घरमा परिवार नफर्किएसम्म पत्रिका दिएसँगै सेकेण्ड भर भए पनि मेरो निदारमा उसका ओठले आराम गर्ने गरेको थियो ।

 

एक दिन । सधै जसरि उसको घरमा पत्रिका लग्दै थिए । घरमा फरक माहोल देखेँ । झिस्मिसे बिहानमा मानिसहरुको भिड थियो । पुलिसहरु उसको घरको छत भरी घुमिरहेका थिए । मेरो मनले कौतुहलता धेरै बेर थाम्न सकेन । उसको घर छेउको बन्द सटरमा साईकल अडाएर हतारिदै माथी गए, थाहा छैन त्यस घर भित्र ऊ बिना माथी जाने साहस कहाँबाट आयो । दोस्रो तलाबाट प्रहरिले माथी जान दिएको थिएन । एउटा डोकाको आडमा उसको बाबा उभिरहेको देखें । हाम्रो आँखा पर्यो । क्रूरतापूर्वक भरिएका अनुहारसँगै टाडैबाट हातले तल गईहाल भन्ने निर्देशन दिदैँ हुनुहुन्थ्यो । म फर्किन चाहिन, उहाँ आफैँ आएर अरुले नदेख्ने गरेर घचेट्दै तल पठाउनु भयो । मेरो केहि लागेन, अन्तत तल झर्न बाध्य भए । बाहिर केहि महिलाहरुको संवाद मेरो कानमा र्पयो । “बिचरी सार्है असल थिइ, भगवानले पनि राम्रा मान्छे खोजेर अघी लग्दा रहेछन यसैमा अर्को महिला थप्दै थिइन कहाँ भगवानले लगेका हुन त ! ऊ आफैं भगवानको शरणमा गएकी हो ।

 

म छाँगाबाट खसे जस्तै भए, सपना र बिपना छुट्याउन सकिराखेको थिइन । मेरा शरीरका एक एक अङ्गहरु काप्न थाले । म सम्हालिन सकेको थिइन आकाश खसेर थिचेको जस्तो भयो । जमिन भासिएको जस्तो भयो । समुन्द्री आँधिले मेरो शरिरको हरेक अङ्गहरु क्षत-विक्षत बनाई तहस नहस बनाएको जस्तो भयो । म आफ्नो मनलाई समाल्दै कोठासम्म पुग्ने कोसिस गरे । उसले दिएको मोबाईल खोले, जसमा म पत्रिका बाड्न कोठाबाट निस्किए पछी एउटा मेसेज छोडेको रहेछ “सरि अहान्स !

 

थाहा छ, म माफी योग्य छैन; त्यही पनि माफी दिन अनुरोध गर्छु। बाबालाई हाम्रो सम्बन्धबारे पहिले देखी नै थाहा रहेछ। बिहान सधैँ तिमी आउनु अगाडी कोठाको बत्ती बालेर झ्याल बाट हेरिराख्ने र तिमी आएपछी कुदेर म तल झर्ने गरेको याद गर्नुभएको रहेछ । त्यती मात्र होइन अस्ती तिम्रो लुगा वासिङ्ग मेसिनमा हालेको थिए, झिक्न बिर्सेछु । बाबाहरु हिजो फर्के पछी देख्नु भयो र तिम्रो लुगा चिन्नु भयो, म केहि बोल्न सकिन । उहाँ मेरो कोठामा आउनु भयो र धेरै कुरा गर्नुभयो जसमा हाम्रो सम्बन्धमा पर्खाल लगाउने कुरा थियो। कुनै राम्रो कुल घरानाको केटा खोजेर विवाह गर्दिने कुरा थियो । मेरो मोबाईल, ल्यापटप सबै उहाँले राख्नु भयो र कोठा बाट बाहिर निस्किन दिनु भएन । अहिले बाबा बाथरुम गएको बेला उहाँको कोठाबाट मोबाईल ल्याएर मेसेज गरेको हो । मसंग गेटको चापी हुँदो हो त ! म भागेर तिमी भएको ठाँउ आउने थिए ।

 

म हारे ! बिन्ती ! मलाई माफ गर ! मेरो केहि उपाय लागेन, आ;त्मह;त्याको निर्णय लिन बाध्य भए । सायद अरु जन्म हुन्छ भने तिमीलाई सुहाउँदो भएर जन्माईदिने भगवानसँग भिख माग्नेछु । बाई बाई ।“ सबै पढि सक्दासम्म मेरा आँखाले आँशु थाम्न सकेनन्, मनमा अनेकौं प्रश्नहरु उब्जिए । कतै गहिरो नदिमा गएर हाम फालौं जस्तो भयो तर सकिन । भित्तामा टाउको ठोकिराखे, पागल जस्तो भए । मनमा अनेकौं प्रश्न खेलिरहे । उसले जस्तै पत्रमा लेखेँ, ‘उसले समाजमा बाँच्न पाउने अधिकार खोसिनु र मृत्यु रोज्नुको कारण के थियो ? अन्तरजातीय प्रेम ? विवाह अघिको सम्बन्धको गहिराई वा धनी र गरिबवीचको खाडल ? मनमा उठेका प्रश्नहरु लेख्दै थिए, त्यहिबेला मैले टेकेको कुर्सी खुट्टाले धकेलिएछ । घाँटिमा लागेको डोरी तन्कियो । अलिकति दुख्यो, मेरो अगाडि सिम्रन उभिएको बाहेक केही देखिन….

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु