europe-migrants-turkey-sinkingमाघ १७ ।

टर्कीमा शनिबार एउटा डुंगा डुब्दा कम्तिमा ३९ जना प्रवासीको मृत्यु भएको छ । टर्की समुद्र रक्षा बलका अनुसार ग्रिस पुग्ने प्रयासमा रहेका ३९ जना प्रवासीको इजियन सागरमा डुबेर मृत्युभएको हो । यसमा केही बालबालिका रहेका छन् ।

टर्कीको रिजार्ट क्षेत्र नजिकबाट ६० जनालाई  सकुशल उद्धार गरिएको छ । स्थानीय प्रत्यक्षदर्शीका अनुसार डुबेको डुंगा खोजी गर्ने क्रममा मृत्यु हुनेको संख्या बढ्न सक्छ । टर्की हुँंदै विस्थापित व्यक्तिहरु युरोपमा शरण पाउने आशामा टर्कीबाट ग्रिस तर्फ जाँंदै थिए । अन्तराष्ट्रिय आप्रवासी संगठनका अनुसार यस वर्ष हालसम्म २ सय ४४ जनाको भुमध्य सागरमा डुबेर मृत्यु भएको छ भने करिव ६० हजार युरोप प्रवेश गरिसकेका छन् ।

सम्बन्धित खबरहरु