आउ सिंहदरबार छिरौ !

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार १९ ब‌ैशाख, २०७७

आउ सिंहदरबार छिरौ ।
सहिदहरुको ऋण तिरौ।
पोटुकिमा सिरुपात भिरौ ।
मिलेर सिंहदरबार छिरौ ।

तिमी हलो लिएर आउ ।
म गैँती लिएर आउछु ।
तिमी लिड्को लिएर आउ ।
म बेल्चा लिएर आउछु ।

तिमी खोला तरेर आउ ।
म समुन्द्र तरेर आउछु ।
तिमी कन्दमुल खादै आउ ।
म बिदेशीको गाली खादै आउछु ।

तिमी थानकोट र सागाँ हुँदै आउ ।
म चोभारको गल्छी हुँदै आउँछु ।
तिमी पुर्बी र पश्चिम् गेटबाट छिर।
म दक्षिण गेटबाट छिर्छु ।

तिमी जङ्गलका डन्डी लिएर आउ ।
म रसिका डोरि लिएर आउछु ।
बाधेर सिमानामा लानुपर्छ ।
तिमी खानाको ब्यबस्थापन गर ।

म सिमानामा पर्खाल लाउँछु ।
नेतालाई ढुङ्गा र माटो बोकाउला ।
दुई थुङ्गा फुल सहिदलाई चढाउला ।
तिमी हामी सबै मिलेर बसौला।

देश माहावीर पुनलाई बुझाउला।
सल्लाहकारमा आयोग खुलाउला।
उर्बर जमिनमा सुन फलाउला ।
नयाँ युगको सुरुवात गरौउला ।
रचना : दुर्बासा गेलाल
हाल इटाली

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु