काठमाडौं । समाजमा शान्ति र सुरक्षा दिने कुरामा प्रहरीको सबैभन्दा ठुलो महत्व हुन्छ । तर के हुन्छ जब तिनै प्रहरीका कारण कसैले यो संसार छोड्नुपर्यो । सलको पा–सो लगाएर मङ्गलबार आ–त्मह–त्या गर्नुभएकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आ–त्मह–त्या दुरु–त्साहन मु–द्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी बस्दै आएकी सम्झनाले प्रहरीकै नाममा ‘सुसा–इड नोट’ लेखेर आ–त्मह–त्या गर्नुभएको थियो ।

बुधबार धौलागिरि अञ्चल अस्पताल बागलुङमा किसानको श–व पो–स्टमा–र्टम गरिए पनि उनका आफन्तले श–व बुझेका छैनन् । प्रहरीले मु–चुल्का सङ्कलन गरेर फर्किएपछि स्थानीय महिलाहरुले कोठाको खोज तलासी गर्दा जिल्ला प्रहरी कार्यालय बागलुङको नाममा सम्बोधन गरिएको सुसा–इड नोट फेला परेको भन्दै उनका आफन्तले आ–त्मह–त्या गर्न बाध्य बनाउनेलाई कारबाही गर्न माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालयमा आ–त्मह–त्या दुरु–त्साहन मु–द्दा दर्ता भएको छ ।

मृतकको नामबाट लेखिएको सु–साइड नोटमा २०७५ भदौ ५ गतेदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान राकेश दवाडीसँग आफू प्रेम सम्बन्धमा रहेको र उसको ग–र्भ रहेपछि जानकारी गराउँदा बे–वास्ता गरेकाले आ–त्मह–त्या गर्नुपरेको उल्लेख गरिएको छ । गैरदलित युवासँग विवाह गरेकी उहाँले आरोपित दवाडीकै कारणले श्रीमान्सँग सम्बन्धविच्छेद भएको सु–साइड नोटमा उल्लेख गर्नु भएको थियो ।

सु–साइट नोटमा श्रीमान्सँग पनि सम्बन्धविच्छेद गरेको र प्रहरी जावनले पनि ग–र्भ स्वीकार गर्न नमानेपछि यता न उताको भएर आ–त्मह–त्याको बाटो रोज्नुपरेको उल्लेख गरिएको छ । उहाँले नोटमा ग–र्भको डि–एनए परीक्षण गरी दो–षीलाई कारवाहीको माग गर्नुभएको थियो । छोरीको सु–साइड नोट भेटिएपछि मृतकका बाबा खड्काबहादुर सार्कीले सम्झनालाई मर्न बाध्य बनाएको भन्दै तनहुँ घर भएका जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी जवान राकेश दवाडी विरुद्ध आ–त्मह–त्या दु–रुत्साहनको मु–द्दा दर्ता गराउनुभएको छ ।

जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवानकै विरुद्धमा दु–रुत्साहन मु–द्दा भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिनुभयो । “श–ङ्कास्पद घटना भएका कारण प्रहरीले प्रारम्भिक अनुसन्धान शुरु गरिसकेको थियो”, प्रहरी प्रमुख भट्टले भन्नुभयो, “मृतकका परिवारले सु–साइड नोटसहितको उ–जुरी लिएर आएपछि दु–रुत्साहन मु–द्दा दर्ता गरेर गम्भीरताका साथ अनुसन्धानलाई अगाडी बढाएका छौं ।” अप–राध गर्ने जो कोही पनि स–जायको भागीदार हुनुपर्छ भन्दै भट्टले प्रहरीले आ–त्मह–त्या दु–रुत्साहन गरेको भए पनि उम्कन नदिने बताउनुभयो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु