काठमाडौं । कोरोना महामारीविरुद्ध लड्न अहिले विश्व नै एक ठाउँमा आउँन खोज्दैछ । तर कतिपय यस्ता घटनाहरु छन्, जस्ले यसको नियन्त्रणमा गम्भीर असर पुर्याउन सक्छन् । जस्तै चीन र अमेरिकाबीच भइरहेको आरोप–प्रत्यारोपले कोरोनाविरुद्धको लडाँईमा सहयोग गर्दैन् । यस्तै एक लाजमर्दो घटना मोरङमा भएको छ । यहाँ एकजना गर्भवतीलाई उदयपुर घर भएकै कारण विराटनगरको नोबल मेडिकल कलेजले निकालेको आरोप लागेको छ । यो घटनाबारे सरकारले छानबिन गर्ने जनाएको छ ।

 

मंगलबार प्रसूतिका लागि विराटनगरको नोबल मेडिकल कलेजमा भर्ना भएकी उदयपुरकी २९ वर्षकी सरस्वती रौनियारलाई अस्पतालले बुधबार बिहान अप्रेसन थिएटरबाट निकालेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले यस घटनाबारे सरकारले सत्य तथ्य बुझ्ने आस्वाशन दिनु भएको छ । आज आयोजित नियमित पत्रकार सम्मेलनमा कोरोना संक्रमित क्षेत्रबाट आएकै कारण सुत्केरी महिलालाई अस्पतालले निकालेको भए त्यस्तो अस्पतालमाथि कारबाही हुने दावा गर्नुभयो ।

 

नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा सरकार गम्भीर रहेको भन्दै उनले आगामी दिनमा यस्तो खालको गल्ती हुन नदिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । शल्यक्रियाबाट बच्चा जन्माउन सबै प्रक्रिया पूरा भएपछि अप्रेसन थिएटरमा लगिएकी युवतीलाई चिकित्सकले ठेगाना उदयपुर गाईघाट देखेपछि शल्यक्रिया नगरी फिर्ता पठाएका थिए । कोरोना संक्रमण फैलिएको जिल्लाबाट आएको बताउँदै चिकित्सकले बिरामीलाई विराटनगरको कोशी अस्पतालमा रिफर गरेका थिए । कोशीमा सरस्वतीले शल्यक्रियामार्फत छोरा जन्माइन् । बुधबार दिउँसो शल्यक्रिया गरिएका आमा बञ्चा दुवैको अवस्था सामान्य छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु