बीबीसी । बङ्लादेशमा खाली थाल लिएर पङ्क्तिबद्ध भएका रोहिन्ज्या शरणार्थी बालबालिकाको तस्बिरले खाद्य सामग्रीसम्बन्धी एउटा प्रमुख फोटोग्राफी पुरस्कार जितेको छ । केएम असदलाई सन् २०२० को पिङ्क लेडी फूड फोटोग्राफरुका रूपमा सम्मानित गरिएको छ।

उनले बाङ्ग्लादेशको कक्स बजारस्थित शरणार्थी शिविरमा यो तस्बिर खिचेका थिए।उक्त शिविरमा १० लाखभन्दा बढी मानिसहरू छन्। कोरोनाभाइरस महामारीका कारण उनीहरूलाई हाल लकडाउनमा राखिएको छ।

‘यो तस्बिरले वास्तवमै हाम्रो समयबारे बताउँछ,’ उक्त पुरस्कार संस्थापक क्यारलाइन केन्योनले भनिन्, ‘विश्व कोभिड९१९ बाट प्रभावित छ र हामी सबैको सामान्य जीवन अवरुद्ध छ।’ ‘यी रोहिन्ज्या शरणार्थी बालबालिकाले हाम्रो जीवनको नाजुक अवस्थाको स्मरण गराउँछन्। बाँच्नका लागि खानेकुराको आवश्यकताले विश्वभरि हामीलाई जोड्छ।

हामी सबै समान छौँ।’ प्रतियोगितामा ७० देशबाट ९,००० तस्बिर सहभागी थिए। निर्णायकमण्डलले अनलाइनमार्फत् विजेता घोषणा गरेको हो। उक्त कार्यक्रम अनलाइनबाट प्रत्यक्ष प्रसारण गरेर गरिएको थियो। यहाँ उत्कृष्ट ठहरिएका केही तस्बिर प्रस्तुत गरिएको छ। सबै तस्बिर पिङ्क लेडी फूड फोटोग्राफर २०२० ले उपलब्ध गराएका हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु