काठमाडौ । नेपालमा कोरोनाले महामारीको रुप नलिने भएको छ । अहिलेसम्म जम्मा ५९ जना संक्रमित हुँदा १६ जना निको पनि भैसकेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नेपाल कोरोना भाइरस (कोभिड–१९) को उच्च जोखिममा नरहेको बताउनु भएको छ । उहाँले नेपालमा उपयुक्त समयमा लकडाउनको विधि अपनाइएको र सर्वसाधारणले पनि सरकारलाई सहयोग गरेको कारण कोरोनाले महामारीको स्वरुप लिन नसक्ने उहाँको दावा रहेको छ ।

 

उहाँले नेपालमा सर्वसाधारणले शाररीक दुरी कायम राखेर सहयोग गरेकाले कोरोनाको जोखिम रोक्न सकेको पनि जानकारी गराउनुभयो । मन्त्री ढकालले लकडाउनको अवस्थामा कष्टपूर्ण भए पनि सबैले साथ दिएको कारण मुलुकमा जोखिमलाई न्यूनीकरण गर्नमा एक हदसम्म सफलता मिलेको बताउनुभयो । शुक्रबार राष्ट्रियससभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा मन्त्री ढकालले यस्तो दावा गर्नुभएको हो । उहाँले नेपालमा अपनाइएको सावधानीका कारण उच्च जोखिममा नरहेको जिकिर गर्नुभएको हो । उहाँले दक्षिण पूर्वी एसियाली देशहरुमा कोरोनाका कारण मृत्यु नभएका १० मुलुकमध्ये नेपाल पनि एक भएको भन्दै खुःशी व्यक्त गर्नुभयो ।

 

अर्को तिर दक्षिण एसियाको कुरा गर्ने हो भने कोरोना नियन्त्रण गर्ने कुरामा नेपाल भुटान र माल्दिभ्सपछि तेस्रो स्थानमा रहेको छ । विश्वमा महामारीको रुपमा देखिएको भए पनि नेपालमा सरकार र सर्वसाधारणले देखाएको सर्तकताको कारण महामारीको रुपमा नदेखिएको जानकारी गराउनुभयो । विश्व स्वास्थ्य संगठनले उच्च जोखिममा राखेपछि सरकार र सबै सरोकारवालाले चालेको कदमले त्यो सूचीबाट हटेको मन्त्री ढकालले दावी गर्नुभयो । मन्त्री ढकालले कोरोना रोकथामका लागि स्वास्थ्य सेवा प्रणालीमा सरकारले धेरै प्रगति गरेको पनि स्पष्ट पार्नुभयो । नेपालले पहिलो केस कोरोना हो कि होइन भन्ने यकिन गर्न स्वाब हङकङ पठाइएको थियो । तर, आज नेपालभित्रै १६ ठाउँमा परीक्षण गरेर यो हो कि होइन भन्ने टुंगो लगाउने अवस्थामा नेपाल पुगेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु