काठमाडौ । अनलाइन सेवामार्फत् मानसिक स्वास्थ्यसम्बन्धी अभियान सञ्चालन गरिरहेको अग्नि ग्रुपले शुक्रबारदेखि तीन दिने अनलाइन फिटनेस कार्यक्रम गर्ने भएको छ । आगामी तीन दिन आम नागरिकहरूमा महिन्द्रा नेपाल–अग्नि ग्रुपको फेसबुक पेजमार्फत् प्रमाणिक परिवर्तनकारी प्रशिक्षक (होलिस्टिक ट्रान्सफर्मेसनल कोच) प्रेरणा शाहबाट अन्तक्रिर्यात्मक तथा चिन्तनयोग्य प्रत्यक्ष संवादमा जोडिन ग्रुपले आग्रह गरेको छ ।

यो कार्यक्रम आज १९ वैशाखदेखि २१ वैशाख आइतबारसम्म हरेक दिन ४ बजेदेखि ५ बजेसम्म कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
यो प्रत्यक्ष संवाद कार्यक्रमले मानिसहरूलाई आफ्नो वर्तमान जीवन शैली, योगासन, प्राणायाम एवं मानसिक तथा शारीरिक स्वास्थ्यसहित जीवनका सबै क्षेत्रका आफूले खोजेको जवाफ हासिल गर्न मद्दत पुग्ने विश्वास लिइएको छ । कार्यक्रम पूर्वमिस नेपाल श्रृङ्खला खतिवडाले सञ्चालन गर्नेछिन् ।

 

अग्नि ग्रुपले लकडाउनका समयमा सम्मुख (फ्रन्टलाइन) मा बसेर काम गर्ने सबै जनशक्तिलाई सम्मान गर्न र जनमानसमा सकारात्मक सामाजिक सन्देश प्रवाह गर्ने दिशामा निरन्तर काम गर्दै आएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु