ज्यान लिने चट्याङबाट कसरी बच्ने ?


काठमाडौ । यो समय हावाहुरी, चट्याङ र बर्षाको हो । दैनिकजसो मानिसको चट्याङका कारण मृत्यु भइरहेको छ । वर्षायामसँगै चट्याङको कारण कतिपयले ज्यान गुमाउने गर्छन् । त्यसैले यसबेला चट्याङको सम्भावित जोखिमबाट बच्नका लागि केही सावधानी अपनाउनुपर्ने हुन्छ । खुला स्थान वा अग्ला डाँडाहरूमा चट्याङको जोखिम हुन सक्छ । टावर, अग्ला रूख, अग्ला संचरनामामा चट्याङ पर्न सक्छ । किनभने बादलमा जम्मा भएको विद्युतीय चार्ज तटस्थ हुने क्रममा माथिबाट तलतिर आउँदा जुन वस्तु नजिक पर्छ त्यहीमाथि विपरीत चार्ज पैदा हुन्छ । यसैलाई हामी चट्याङ परेको भन्छौँ।

चट्याङबाट कसरी जोगिने ?

यो प्राकृतिक प्रकोप भएकाले यसलाई रोक्न एवं नियन्त्रण गर्न सकिँदैन । तर, सावधानी भने अपनाउन सकिन्छ । घर निर्माण गर्दा अर्थिङ गराउनुपर्छ, जसले चट्याङको भय हुँदैन । सम्भव भएसम्म चट्याङ पर्ने अवस्थामा घरभित्रै बस्नु सुरक्षित हुन्छ । घरबाहिर भएपनि सुरक्षाको उपाय अपनाउनुपर्छ ।

  • घरभित्रको विद्युतीय उपकरणको स्वीच अफ गर्ने। टिभी, कम्प्युटर आदिको तार छोएर नबस्ने । साथै, धातुबाट बनाइएको झ्याल–ढोका आदिलाई छोएर बस्नुहुँदैन ।
  • भुइँमा सुत्नु, भित्तामा अडेसिनु पनि जोखिमयुक्त हुन सक्छ । झ्याल९ढोकाको छेउमा नबस्ने ।
  • चट्याङ परिरहेको बेलवा धारा खोलेर पानीको प्रयोग गर्नु पनि जोखिमपूर्ण हुन सक्छ । हात धुने, नुहाउने जस्ता काम नगरौँ ।
  • खोला, पोखरी आदिमा नबस्ने ।
  • अग्लो एवं खुला डाँडा, टावर, छत, रुख आदिमा नबस्ने ।
  • यदि तपाईं घरबाहिर हुनुहुन्छ भने होचो स्थानमा बस्नु उपयुक्त हुन्छ ।
  • मोटरसाइकल, साइकल आदि चलाइरहेको अवस्थामा पनि चट्याङ पर्ने सम्भावना हुन्छ ।
  • धातुको पाइप, पर्खाल, रूख आदिको छहारीमा नबस्ने ।

चट्याङले घाइते भएमा के गर्ने ?

यदि चट्याङले घाइते भएको अवस्थामा उसलाई तुरुन्तै प्राथमिक उपचार गर्नुपर्छ । श्वासप्रश्वास वा धड्कन रोृकिएको छ भने मुखमा मुख राखेर श्वास दिनुपर्छ । चट्याङले पो’लेको, नसाहरूमा क्षति पुगेको छ, हात टुटेफुटेको छ भने प्राथमिक उपचारपछि तुरुन्तै स्वस्थ्य चौकी पुर्‍याउनुपर्छ ।

चट्याङ के हो ?

चट्याङ विपरीतबाट आएको बादल आपसमा ठोक्किँदा त्यसको अणुहरूबीच हुने आकर्षण, विकर्षण र घर्षणबाट उत्पन्न हुने विद्युतीय तरङ्ग एवं शक्ति हो । यो अचानक हुने विद्युतीय विस्फोटन हो । चट्याङले विद्युतीय लहर उत्पन्न गराउँछ । यसबाट जोगिनका लागि सावधानी अपनाउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्
शिक्षा
त्रिभुवन विश्वविद्यालयले भर्खरै जारी गर्यो अत्यन्त जरुरी सूचना, अब परीक्षा नहुने !
विद्यार्थी र विद्यालयका लागि शिक्षामन्त्री पोखरेलको अपिल
विद्यालय सञ्चालन सम्बन्धमा शिक्षा मन्त्रालयले सबै स्थानीय सरकारलाई पठायो यस्तो पत्र [पत्रसहित]
एसईई नतिजा बारे राष्ट्रिय परीक्षा बोर्डको यस्तो छ पछिल्लो जानकारी
सिटिईभिटिको पाठ्यक्रम र योग्यता संशोधन [सूचनासहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता