काठमाडौं । छिमेकी जिल्ला बाँकेको नेपालगञ्जमा कोरोना भाइरस संक्रमित पुष्टि भएसँंगै बाँके र बर्दिया जोड्ने सीमामा कडाइ गरिएको छ । दुइ जिल्लाका सीमा नाकामा मानखोलामा यसअघि सामान्य सुरक्षा जाँच मात्र गरिँदै आएकामा आजदेखि सवारी साधनसमेत भित्रन नदिने गरी कडा पारिएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने र जिल्लाका सुरक्षा निकायका प्रमुखको टोलीले संयुक्तरुपमा अनुगमन गरेर आजदेखि नै बाँकेबाट बर्दिया भित्रने सम्पूर्ण सवारी साधनमा रोक लगाइएको सशस्त्र प्रहरी उपरीक्षक यादव विश्वकर्माले बताउनुभयो । बन्दाबन्दीका समयमा बाँकेबाट आवश्यक औषधि, खाद्यान्न, फलफूल र तरकारी बर्दिया भित्रिरहेको थियो ।

सम्बन्धित खबरहरु