काठमाडौ । विश्वभरी फैलिएको कोरोना महामारीका कारण विदेशमा रोजगारी गुमाउनेहरुको संख्या उच्च हुन थालेको छ । यस्तै अवस्था केही समय लब्बिए मात्रपनि झण्डै २० लाखले रोजगारी गुमाउँने अनुमान गरिएको छ । रोजगारी गुमाएर स्वदेश फर्कने उनीहरुका लागि सरकारले स्वदेशमै रोजगारीको अवसर खोजी भैरहेको बताएको छ ।

 

राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलका अनुसार विदेशबाट रोजगारी गुमाएर फर्कनलेका लागि कहाँ, कस्ता र कति रोजगारी सिर्जना गर्न सकिन्छ भनेर विभिन्न मन्त्रालयहरुले गृहकार्य गरिरहेका छन् । श्रम रोजगार पत्रकार समूहले बिहीबार आयोजना गरेको कोभिड १९ पछि रोजगारीको क्षेत्रमा पर्ने दवाव र आन्तिरिक रोजगारी वृद्धिका क्षेत्रहरुका विषयमा सरोकारवालासँगको छलफलमा आयोगका सदस्य फुयाँलले यस्तो जानकारी दिएका हुन् ।

 

कोरोना भाइरसका कारण अर्थतन्त्रमा ठूलो असर पर्ने र वैदेशिक रोजगारीमा रहेका झण्डै २० लाख नेपाली श्रमिकको रोजगारी गुम्ने अनुमान रहेको पनि उनले बताए । यो समयमा सरकारले आन्तरिक रोजगारीलाई प्राथमिकतामा राखेर योजना बनाइरहेको उनको भनाइ छ ।

 

‘कृषिमा अपार सम्भावना छ, विदेशबाट फर्कनलाई कसरी लगाउने, यसलाई कसरी व्यवसायिक रुपमा अघि बढाउने भनेर हामीले योजना बनाइरहेका छौं,’ फुयाँलले भने, ‘कृषिमा पनि बिचौलियाको अन्त्य गर्दै, कृषकको उत्पादन सिधै बजारसम्म पुर्‍याउने हुन सक्छ कि अथवा कृषिमा पनि आधुनिक रुपले अघि बढाउन सकिन्छ, त्यसतर्फ काम भइरहेको छ ।’ अन्य सरोकारवालाहरुलेपनि हिम्मत नहार्ने, राज्यले उदार नीति लिएर योजना बनाउँने र नीजि क्षेत्रले सहकार्य गर्ने हो भने नेपालको जनसंख्यालाई स्वेदशमा नै रोजगारीको व्यबस्था गर्न गाह्रो नहुँने दावी छ । नेपालमा सम्भावना धेरै भएकाले यो चुनौतीलाई अवशरको रुपमा लिन सबैमा अपिल गरिएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु