लकडाउनमा कर्मचारी र श्रमिकको तलब ऋण लिएर भएपनि खुवाउन आदेश : तलब काट्न नपाउँने


काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को महामारीले विश्व लकडाउनमा छ । नेपालपनि यसको चपेटामा परेको छ । यो बेला कतिपयले आर्जन गर्न सकेका छैनन् । कतिपय ब्यापार, उद्योग, कलकारखाना बन्द छन् । त्यसमा काम गर्ने श्रमिक र कर्मचारीपनि घरमा बसेका छन् । घरमा बसेका श्रमिक कर्मचारीलाईपनि तलब खुवाउन आदेश भएको छ । लकडाउनका कारण उत्पन्न भएको समस्याको कारण ५० प्रतिशत तलब कटौती गर्ने निजी क्षेत्रको प्रस्ताव सरकारले अस्विकृत गरिदिएको छ ।

 

सरकारले तत्कालको लागि ५० प्रतिशत तलब दिएपनि व्यवसाय सुरु भएपछि बाँकी ५० प्रतिशत तलब रोजगारदाताले दिनुपर्ने व्यवस्था गरेको छ । ‘रोजगारदाताले बैशाख महिनाको तलब ५० प्रतिशत तत्काल भुक्तानी दिएर बाँकी ५० प्रतिशत तलब ऋण लिएर भएपनि दिनुपर्ने छ,’सरकारले गरेको निर्णयमा भनिएको छ ।

 

यसको लागि राष्ट्र बैंकले उद्योग प्रतिष्ठानलाई सहुलियत दरमा ऋण लिनको लागि पुनरकर्जाको व्यवस्था मिलाउने काम अर्थमन्त्रालयले गरेको जनाएको छ । सरकारले लकडाउनको कारण दीर्घकालिन प्रभाव पार्ने पर्यटन क्षेत्रले समेत तलब कटौती गर्न नपाउने जनाएको छ । पर्यटन क्षेत्रसँग सम्बन्धित उद्योग प्रतिष्ठानले ५० प्रतिशत तलब दिएर बाँकी ५० प्रतिशत तलब खुवाउनको लागि सहुलियत दरमा ऋण लिन सक्नेछन् ।

 

लकडाउनको बिदामा बसेका कसैको पनि तलब काट्न नपाइने, सार्वजनिक बिदा मानिने

तलब खुवाउनको लागि तलब पारिश्रमिकमा २०७६ पुस मसान्तमा पेश गरेको सम्बन्धित कर्मचारीको करकट्टीको विवरण पेश गर्नुपर्ने हुन्छ । सामाजिक सुरक्षा कोषमा दर्ता भएका उद्योग प्रतिष्ठानले रोजगारदाता र श्रमिकले बैशाखमा बुझाउनुपर्ने रकम असार मसान्तभित्रमा बुझाएमा हुने व्यवस्था गरेको छ । चैत महिनाको रकम भने सरकार आफैले तिरिदिएको थियो ।

 

निजी क्षेत्रका व्यवसायीहरुले लकडाउन अवधीभर ५० प्रतिशतमात्र तलब दिने प्रस्ताव गरेका थिए । तर,श्रमिक संगठनले भने यस्तो प्रस्ताव खारेज गरेको थियो । केही दिन अगाडि गृहमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर सरकारी निकाय तथा उद्योग प्रतिष्ठानले लकडाउनको कारण घरमा बस्नु परेका कर्मचारी र कामदारलाई सार्वजनिक बिदामा यसलाई गणना गर्नुपर्ने र तलब सुविधा काट्न नपाउने व्यवस्था गरेको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

 
प्रतिक्रिया दिनुहोस्
शिक्षा
सीमा समस्यामा त्रिविले अनुसन्धान थाल्यो
एसइईबारे शिक्षामन्त्रीद्धारा यस्तो घोषणा
अपडेट : एसइई र कक्षा ११–१२ को परीक्षाबारे शिक्षामन्त्री पोखरेलले दिए यस्तो बयान
अनलाइनबाट परीक्षा लिनेसम्बन्धि त्रिविको अति जरुरी सूचना
सरकारी विद्यालय नीजिलाई जिम्मा लाउने रणनीति बारे मन्त्रीले लेख ३ पेजको विज्ञप्ति [विज्ञप्तिसहित]
हाम्रो सरकार

नेपाल जर्निलाई मन्त्रीको साथ, श्रेष्ठको पहलमा चितवनमा बन्नेभयो आधुनिक पुस्तकालय


एम्बुलेन्स खरिद गर्ने अभियानका लागि आउँन थाल्यो सहयोगको ओइरो

गाउँमा एम्बुलेन्स पुग्ने भएपछि खुःशी हुँदै धमाधम गर्न थाले सहयोग

एम्बुलेन्स खरिदका लागि उत्साहित हुँदै सबैतिरबाट दिल खोलेर सहयोग

एम्बुलेन्स खरिदका लागि अमेरिकाबाट आयो यति ठुलो सहयोग, थप गर्ने प्रतिवद्धता