काठमाडौ । विश्वव्यापी रुपमा महामारी बनेको कोरोना भाइरस (कोभिड –१९) भाइरसको लडाईंमा खटिरहेका ५ महिलाहरुको सूची सार्वजनिक भएको छ । विश्वभरीबाट छानिएर आएको सूचीमा नेपालकी छोरी डा. रुना झा पर्नुभएको छ । आफ्नो जीवन भन्दापनि नागरिकको पहिलो प्राथमिकता राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा दिनरात खट्ने र खटाउँने उनको कार्यले नै उनलाई विश्वको उत्कृष्ट स्थानमा पुर्यायो ।

 

उनी नेपालको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक समेत हुन् । उनलाई युएन वुमनले सम्मानित गरेको हो । युएन वुमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका ५ महिलाको सूचीमा डा. रुना पनि पर्न सफल भएकी थिइन् । डा. झा कोराना भाइरसको लडाईंमा चौबिसै घन्टा लागिपरेकाले सम्मानित गरेको हो ।

उनी चीनको वुहानबाट नेपाल ल्याइएका १ सय ७५ जनाको रेखदेखदेखि हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षणदेखि पिसिआर ल्याबमा आफ्नो नेतृत्वमा सफलतापूर्वक खटिएकी छिन् । नेपालको कोरोना विरुद्धको लडाईंमा सुरुदेखि नै आफ्नो नेतृत्वमा चुनौतीका बाबजुद काममा दिनरात खटिरहेको र उनको टीमले राम्रो काम गरेकाले विश्वको ५ महिलमा डा. रुनालाई समावेश गरिएको हो ।

 

आफ्नी सात वर्षीया छोरीलाई आमाबुवाको जिम्मा लगाएर काममा लागिपरेकी डा. रुनाले छोरीलाई अंगालो हाल्न नपाएको महिनौ भयो । अहिलेको विषम परिस्थितिमा छोरी तथा अभिभावकसँग अलग रहेर उनी आफनो कर्ममा दिनरात लागिपरेकी छिन् । यो सम्मानले कोरोना विरुद्ध लागि पर्नका लागि थप हौसला प्राप्त भएको उनले बताइन् । डा. रुनालाई नागरिकको तर्फबाट नागरिक स्तरमा हार्दिक सम्मान छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु