काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा जडान गरिएको पिसिआर मेसिन सञ्चालनमा आउन सकेको छैन । पिसिआर मेसिन जडान गरिए पनि किट अभावले सञ्चालन आउन नसकेको प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ एवं अस्पताल निर्देशक डा मङ्गल रावलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार गएको मङ्गलबार प्रतिष्ठानले कोरोना भाइरसको परीक्षणका लागि पिसिआर मेसिन जडान गरेको थियो ।

रासससँगको कुराकानीमा अस्पताल निर्देशक डा रावलले भन्नुभयो, “किट त अहिले काठमाडौँमा पनि अभाव छ । यद्यपि प्रतिष्ठानका लागि आजसम्म आइपुग्ने भन्ने छ ।” उक्त मेसिन सञ्चालनका लागि जनशक्ति सबै तयार रहेको भन्दै उहाँले किट आउनेबित्तिकै परीक्षण शुरु गर्ने जनाउनुभयो । उहाँका अनुसार पिसिआर मेसिन ठूलो क्षमताको भएकोले यसले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्नेछ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले प्रतिष्ठानका पूर्व उपकूलपति डा पारसकुमार आचार्यको सहयोगमा सुर्खेतमा २०० किट आइपुगेको र त्यो लिनका लागि आजै प्रतिष्ठानको जनशक्ति सुर्खेत हिँडेको बताउनुभयो । रजिष्ट्रार काफ्लेले प्रतिष्ठानले रु २७ लाखमा पिसिआर मेसिन खरिद गरेको बताउनुभयो । उहाँका अनुसार मेसिन सञ्चालन नहुँदा अहिले जुम्लामा कोरोना शङ्कास्पद व्यक्तिहरूको शुुरुमा आरडिटी परीक्षण गर्ने र थप शङ्कास्पद भएमा पिसिआर जाँचका लागि सुर्खेत पठाउने गरिएको छ । किट आउनेबित्तिकै परीक्षण कार्य तीव्र बनाउने प्रतिष्ठानले जनाएको छ ।

सम्बन्धित खबरहरु