काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भातृ सङ्गठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले लकडाउनका कारण छाक टार्न समस्या भएका ७६८ विद्यार्थी तथा मजदुरलाई राहत सामग्री वितरण गरेको छ ।

लकडाउन शुरु भएयता अनेरास्ववियु कैलालीले ७६८ जनालाई राहत वितरण गरेको हो । लकडाउनका कारण घर जान नपाएका सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यार्थी र मजदुरलाई छाक टार्न कठिनाइ भइरहेकाले राहत सामग्री वितरण गरिएको अनेरास्ववियुका केन्द्रीय सदस्य मनोज राईले बताउनुभयो । राहतस्वरुप विद्यार्थी तथा मजदुरलाई घरमै पुगेर चामल, दाल, नुन, तेल, साबुन, ब्रस, मञ्जन, सर्जिकल मास्कलगायत सामग्री वितरण गरिएको उहाँको भनाइ छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको पहलमा स्वकीय सचिव हितेश ओझामार्फत ३० क्विन्टल चामल, दाल, तेल, नुनलगायत सामग्री पनि विद्यार्थी तथा मजदुरलाई वितरण गरिएको जनाइएको छ । अनरास्ववियु कैलालीले अप्ठ्यारोमा परेका विद्यार्थी तथा मजदुरलाई सहयोग गर्ने क्रम जारी रहने जनाएको छ ।

सम्बन्धित खबरहरु