काठमाडौं । नेपालमा एकै दिन थप १६ व्यक्तिमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । वीरगञ्जमा एकजना र नेपालगञ्जमा १५ जना नयाँ कोरोना संक्रमित फेला परेका हुन् । पर्सामा एक र बाँकेको नेपालगञ्जमा १५ जनामा कोभिड सङ्क्रमण देखिएको हो ।  नेपागञ्जमा तीनदिन पहिले भेटिएका ६० वर्षीय कोरोना भाइरस संक्रमितको सम्पर्कमा रहेका १५ जनामा संक्रमणको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर ७५ पुगेको छ ।

मस्जिद र मदरसामा कोरोना भाइरस परीक्षण गर्ने क्रममा अन्सारी मस्जिदमा अजन पठाउने ६० वर्षको व्यक्तिमा संक्रमणको पुष्टि भएको थियो । उनी वडा नम्बर ७ डीएसपी रोडका बासिन्दा हुन् । तर हरेक दिन वडा नम्बर ८ को महेन्द्रपार्क नजिकको अन्सारी मस्जिदमा आउजाउ गर्ने मौजिन अर्थात मस्जिदमा अजान गर्ने व्यक्ति थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

साथै मुस्लिम समुदायको घरघरमा गएर बालबालिकालाई उर्दू भाषा र जमान पढ्न सिकाउँथे । यसअघि नेपालगञ्‍जमा एकैपटक ९ जना संक्रमित देखिएका थिए । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण हुनेहरु १६, २१ र ३४ वर्षका पुरुष तथा ४०, ५५ र ६० वर्षका महिला रहेका छन् । यस अघि संक्रमणको सिकार भएका ९ जनामा ५ पुरुष र ४ जना महिला छन् ।

सम्बन्धित खबरहरु