काठमाडौं । अहिले विश्वभर सुरक्षाकर्मी र स्वास्थ्यकर्मीमाथि धेरै तनाब छ । कोरोना महामारीका कारण अहिले विश्व लकडाउनमा छ । यो बीचमा सीमामा खटिएका एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को बेहोस भएर ज्यान गएको छ । भारतसँग सीमा जोडिएको सप्तरीको बोदे बर्साइन नगरपालिका–९ देउरीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको हो ।

उनी ड्यूटीमा खटिएकै बखत उनको मृत्यु भएको सशस्त्र प्रहरीका डिआइजी राजु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्की ड्यूटि गरिरहेकै अवस्थामा बेहोस भएको र तत्कालै उनको मृत्यु भएको हो । कारणको खुलासा पो'ष्ट मा'र्टम रिपोर्ट आएपछि खुल्ने बताइएको छ । मृतक कार्कीको लाशलाई पो'ष्ट मा'र्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल पठाइएको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु