काठमाडौं । कोरोना संकटलाई जितेर गएकाहरु फेरि संक्रमित हुन थालेका छन् । निको भएर फर्किएका दुई जनामा कोरोना भाइरस (कोभिड–१९) को पुनःसंक्रमण देखिएको छ । रौतहटका एक युवक र वीरगञ्जको छपकैयास्थित मस्जिदका जमातीमा पुनः संक्रमण भएको हो । रौतहटका युवक र भारतीय तीन जमाती नारायणी अस्पतालबाट वैशाख १४ गते मात्रै निको भएर फर्केका थिए । छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा ३० चैतमा र भारतबाट आएका रौतहटका युवकमा १ वैशाखमा संक्रमण पुष्टि भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु