काठमाडौं । विश्वका ठुला चलचित्र उद्योगमा हलिउड पहिलो नम्बरमा आउँछ । बलिउडका कलाकारहरु हलिउडमा जानका लागि अनेक प्रयत्न गरिरहेका हुन्छन् । तर कमैले सफलता पाएका छन् । अहिले हलिउडमा बलिउडमा देसी गल्र्सका नामले चर्चित प्रियंका चोपडा पुगेकी छिन् । उनी बाहेक अरु कलाकारहरु पनि नगएका भने होईनन् । अर्को तिर हाम्रो कलिउड उद्योगका कलाकार भने बलिउडमा हराउन खोज्छन् ।

आजको दिनमा दर्जन भन्दा धेरै नेपाली कलाकार भारतीय चलचित्र उद्योगमा छन् । तर यो बीचमा खबर आएको छ कि नेपाली कलाकारको यात्रा बलिउड नभई सिधै हलिउड पुगेको छ । हो तपाँईले ठिक पढ्नुभयो । कोरोना महामारीले विश्व ठप्प भएको बेला नेपाली चलचित्रका दुई नायिका हलिउड जान लागेका छन् । चलचित्र उद्योगमा निकै रुचाइएका नायिकाहरू स्वस्तिमा खड्का र केकी अधिकारीले अंग्रेजी फिल्ममा अभिनय गर्ने मौका पाएका छन् ।

 

अहिलेसम्म नाम सार्वजनिक नगरिएको अमेरिकी चलचित्रका लागि उनीहरू आधिकारिक रूपमा अनुबन्धित भइसकेको खुलासा भएको छ । लक डाउन सुरु हुनुभन्दा अघि नै अडिसनमार्फत उनीहरूलाई छनोट गरिएको थियो । केही समयअगाडि नेपाल आएको फिल्मको टिमले अडिसनबाट स्वस्तिमा र केकीलाई अवसर दिएको हो । यो फिल्मका लागि अन्य केही नायिकाले पनि अडिसन दिएका थिए तर उनीहरूको नाम खुलाइएको छैन । स्वस्तिमा र केकीले आफ्नो क्षमता प्रदर्शन गरेर यो भूमिका पाएको बताइन्छ ।

 

फिल्मको मुख्य भूमिकामा स्वस्तिमा हुनेछिन् भने उनकी दिदीको भूमिकामा केकी रहने जानकारी दिइएको छ । केकी र स्वस्तिमा बाहेक अन्य कलाकार भने अमेरिकी नै हुने छन् । कोरोना त्रास सकिएपछि यसको छायांकन सुरु गरिने बताइएको छ । फिल्मको छायांकन अमेरिकाका विभिन्न स्थानमा हुनेछ । भुटानी शरणार्थीको विषयमा बन्न लागेको उक्त अमेरिकी फिल्म अमेरिकी निर्माताले बनाउन लागेका हुन् । यसका लागि दुई महिनाअघि उनीहरू नेपाल आएर अडिसन लिएका थिए। यो फिल्म भुटानी शरणर्थीको जीवन गाथामा आधारित हुनेछ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु