काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिई विद्यालयको मूल्याङ्कनको आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिन प्रस्ताव गरेको छ । अहिलेको परिस्थितिमा परीक्षा गर्न नसकिने बताउँदै प्याब्सन अध्यक्ष टीका पुरीले भने, ‘विद्याललको आन्तरिक मूल्याङ्कनको आधारमा प्रमाणीकरण गरेर प्रमाणपत्र दिऔँ ।’ शिक्षा भन्दा पहिला मानिसको स्वास्थ भएकोले लकडाउन नखोली नयाँ भर्ना गर्न नसकिने भएकोले नयाँ शैक्षिक सत्र सुरु गर्न नसकिने उनको तर्क छ। कोरोना भाइरसको संक्रमण बढेसंगै एसईई परिक्षा अन्तिम समयमा स्थगित भएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु