एजेन्सी । उत्तर कोरियाली शासक किम जोन उनको मृत्युको हल्ला गत हप्ता अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बन्यो । तर लगत्तै एक फ्याक्ट्रीको उद्घाटन कार्यक्रममा पुगेर किमले सबैलाई चकित बनाइदिए । उनी जीवित र स्वस्थ रहेको तस्वीर सार्वजनिक भएपछि सबै अनुमान र हल्लाहरुमा पूर्णविराम लाग्यो । तर, किम गायब हुनुको पछाडिको कारणलाई लिएर पछिल्लो समय जस्तो रिपोर्ट सावजनिक भएको छ त्यले विश्वलाई चकित बनाएको छ ।

 

पछिल्लो समय सार्वजनिक रिपोर्टका अनुसार किमको मृत्यु त परको कुरा उनी बिरामी पनि भएका थिएनन् । उनले आफ्नो मृत्युहो हल्ला आफैं फैलाएका थिए । द सनको रिपोर्टअनुसार किमले यस्तो यसकारण गरेका थिए ताकि उनी आफ्नो आसपास रहेका यस्ता व्यक्तिहरुलाई चिन्न सकुन् जो सत्तामा उनको पकडलाई कमजोर पार्न जुटिरहेका थिए र उनीसँग गद्दारी गरिरहेका थिए । यही उद्देश्यसहित किमले यस्तो नाटक रचेका थिए ।

उत्तर कोरियाली शासक किम अचानक करिब २० दिनसम्म गायब भएका थिए । यो अवधिमा उनी कहीँ पनि सार्वजनिक रुपमा देखिएनन् । त्यसपछि अन्तर्राष्ट्रिय मिडियामा उनको स्वासथ्य खराब भएकोदेखि उनको मृत्यु भएको खबरहरु समेत आएका थिए । अमेरिकाले त किमको बारेमा जानकारी संकलन गर्नको लागि केही स्याटेलाइटको प्रयोग गर्न समेत सुरु गरेको थियो । यद्यपि एक फर्टिलाइजर फ्याक्ट्रीको उद्घाटनमा किम पुगेपछि भने आफ्नो मृत्युको हल्ला किमले नै फैलाएको दावी गरिएको छ ।

 

जब पूरै विश्व उनको मृत्युको विषयमा अनुमान गरिरहेको थियो ठिक त्यही समय उनी आफ्नो देशको एक फर्टिलाइजर फ्याक्ट्रीको उद्घाटन कायृक्रममा चुरोट पिउँदै गरेका देखिए । अस्ट्रेलियाको स्काइ न्यूजको हवाला दिँदै द सनले लेखेको छ ‘किम जोंग उनले यस्तो यसकारण गर्नुपर्यो ताकि उनी यस्ता व्यक्तिहरुको पहिचान गर्न सकुन जो उनको तख्ता पल्टाउने मन बनाइसकेका छन् ।’

 

किम २० दिनपछि फर्किंदा पनि उत्तर कोरिया सरकारको तर्फबाट कुनै बयान वा स्पष्टीकरण जारी गरिएको छैन । किम नियन्त्रित सरकारी मिडिया र समाचार एजेन्सीले यस विषयमा पूर्ण रुपमा मौनता देखाए । रिपोर्टमा दावी गरिएअनुसार किम यो हेर्न चाहन्थे कि उनको अनुपस्थितिलाई देशका जनता कुन रुपमा लिन्छन् र उनको अनुपस्थितिमा पार्टीका अन्य नेता कसरी काम गर्छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु