
काठमाडौ । वैज्ञानिकहरुका अनुुसार पृथ्वीको सबैभन्दा ठूलो उर्जाको स्रोतका रुपमा रहेको सुर्यको चमक अति नै खस्किदो छ । यसको ताप हराइरहेको छ । वैज्ञानिकहरुको दावी छ की सूर्यको प्रकाशमा दिनानुदिन कमी आइरहेको छ । सूर्य, आकाशगंगामा रहेको सूर्य जस्तै अन्य ताराहरुको तुुलनामा कमजोर भएको छ । कमजोर पनि सामान्य मात्रै होइन कि अति नै कमजोर भएको छ ।
अब वैज्ञानिकहरु के कारणले यस्तो भइरहेको छ भनेर खोजमा जुटेका छन्। सूर्य पृथ्वीको उर्जाको एक्लो स्रोत हो । सूर्य लगातार कमजोर भइरहेको छ । जर्मनीको म्याक्स प्ल्यांक इन्स्टीटीयुुटका अन्तरिक्ष वैज्ञानिकहरुका अनुुसार यसको चमकमा निरन्तर कमी आइरहेको छ । यो इन्स्टीच्यूटका वैज्ञानिकहरुले अमेरीकी अन्तरीक्ष एजेन्सी नासाको केपलर स्पेस टेलिस्कोपबाट प्राप्त आँकडाहरुको अध्ययन गरेपछि यस्तो खुुलासा गरेको हो ।
वैज्ञानिहरुका अनुुसार हाम्रो आकाशगंगा रहेका सूर्य जस्तै अन्य ताराहरुको तुुलनामा पृथ्वीको सूर्यको चमक र उर्जा कम हुँदै गइरहेको छ । वैज्ञानिकहरुले यो कुुनै तुुफान आउनुुभन्दा अगाडिको शान्ती त होइन भनेर आशंका गरेका छन् । सूर्य र सूर्य जस्ता अन्य ताराहरुको अध्ययन उनीहरुको उमेर, चमक र रोटेसनको आधारमा गरिएको छ । अध्ययनमा पछिल्लो ९ हजार वर्ष यता सूर्यको प्रकाशमा पाँच गुुणा कमी आएको जनाइएको छ ।
म्याक्स प्ल्यांक इन्स्टीच्यूटका वैज्ञानिक एलेक्जेन्डर शापिरो आकाशगंगामा सूर्यभन्दा पनि सक्रिय तारा देखिएको घटनाले आफूहरुलाई चकित बनाएको बताएका छन् । उनले आफूहरुले सूर्य जस्ता करीब २५०० ताराहरुको अध्ययन गरेर यस्तो निष्कर्ष निकालेको बताए । सूर्यमाथि प्रतिवेदन तयार गर्ने अर्का वैज्ञानिक टिमो रीनहोल्डले सूर्य केहि वर्षदेखि शान्त रहेको बताए । उनले यो गणना वैज्ञानिकहरुले सूर्यको सतहमा बन्ने सोलार स्पटका माध्यमबाट गर्ने गरेको बताए र उनका अनुुसार पछिल्लो केही वर्षदेखि सोलार स्पटको संख्यामा कमी आइरहेको छ । त्यसको क्रम यो बर्ष झनै कमि भएको छ । यसैले सूर्यमाथी आशंका गर्ने थुप्रै आधारहरु हामीले देखेका छौ । अरु बैज्ञानिकलेपनि थप रहस्य पत्ता लगाउँने उनीहरुको आशा छ । द सन
https://www.youtube.com/watch?v=4vUv7ma4LME&feature=youtu.be