काठमाडौं । कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेको खुल्न आएको छ । भारतको मुम्बई, महाराष्ट्रलगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल – भारत सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेका हुन् ।

भारतको स्थानीय प्रहरीले नेपालीलाई छोडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल (एसएसबी) लाई भनेर उतै फिर्ता गर्ने क्रम केही दिनदेखि चलिरहेको छ । नेपालले आज फिर्ता गरे पनि अर्को दिन तिनै मानिस दसगजामा देखिने गरेकाले नेपाललाई ठूलो समस्या परेको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु