काठमाडौं । राजतन्त्र ढलेपछि आम नागरिकमा परिणत भएको पूर्वराजपरिवारप्रति अहिले पनि जनचासो उत्तिकै छ । पछिल्लो समय युवा पुस्तामा चर्चा कमाइरहेकी पूर्वराजपरिवार सदस्य हुन् पूर्णिका शाह । पूर्वयुवराज पारस र युवराज्ञी हिमानीकी जेठी छोरी पूर्णिका अहिले अध्ययनका क्रममा थाइल्यान्डमा छिन् । इन्टरनेसनल बिजनेसमा स्नातक अध्ययनरत उनी सामाजिक सञ्जालमा आफ्नो तस्वीर र स्टाटसहरु अपडेट गरिरहन्छिन् । १९ वर्षमा हिँडिरहेकी पूर्णिका अहिले धेरै कुरा बुझ्ने भइसकिन् । सामाजिक सञ्जालमा फलोअर्सहरुले उनलाई ‘शालिन’ र ‘बौद्धिक’ भनेर प्रशंसा गर्ने गर्छन् ।

पूर्णिकाले हालै फलोअर्सहरुसँगको अन्तरक्रियामा आफ्नो निजी जीवनका केही रहस्योद्घाटन गरिन् । उनले आफू प्रेममा रहेको संकेत गरेकी छन् । ‘qooh.me’ नामक वेवसाइटमा अकाउन्ट खोलेकी पूर्णिकाले त्यहाँ प्रश्नकर्ताहरुका ४८ वटा प्रश्नको जवाफ दिएकी छन् । यो यस्तो वेवसाइट हो, जसमा व्यक्तिका निजी जीवनसँग सम्वन्धित वा अरु विषयमा जे पनि प्रश्न सोध्न सकिन्छ । खास गरी, टिन एजका केटीहरुमा यो वेवसाइट लोकप्रिय छ । एक प्रश्नकर्ताले पूर्णिकालाई ‘तपाईंको ड्रिम ब्वाइ कस्तो हुनुपर्छ ?’ भनी सोधेका थिए । यसमा पूर्णिकाले जवाफ दिएकी छन्, ‘मलाई लाग्छ, मैले आफ्नो ड्रिम ब्वाइ भेटिसकेँ ।’

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

पूर्णिकालाई एउटा नमिठो प्रश्न पनि सोधिएको छ । ‘तपाईंका बुवा र हजुरबुवाले वीरेन्द्रको सम्पूर्ण परिवारको हत्या किन गरे ?’ एकजनाले सोधे । त्यसलाई पूर्णिकाले जवाफ फर्काएकी छन्, ‘यदि तपाईंलाई यो कुरा साँचो लाग्छ भने मलाई किन फलो गर्नुहुन्छ ?’ पूर्णिकाले राजनीतिमा आफ्नो रुची नरहेको बताएकी छन् । पढाइ सिध्याएपछि सधैंका लागि नेपाल फर्किने उनको भनाइ छ । साथै भविष्यमा कुनै आध्यात्मिक कर्ममा संलग्न हुने योजना पनि उनले सुनाएकी छन् ।

पूर्णिकासँगका अन्य केही रमाइला प्रश्नोत्तर यस्ता छन् :

  • प्रश्न : धेरै नेपाली केटीहरु तपाईंका भाई हृदयन्द्रप्रति हुरुक्क हुन्छन् । उनको बारेमा टिकटक भिडियो बनाउँछन्, दिउँसै सपना देख्छन्, आफ्नो प्रोफाइल पिक्चर परिवर्तन गर्छन् । उनीहरुलाई तपाईंको सन्देश के छ ?
  • पूर्णिका : सबैको माया र साथलाई हामी कदर गर्छौं ।
  • प्रश्न : तपाईंको प्रेरणा स्रोत को हो ?
  • पूर्णिका : मेरी आमा
  • प्रश्न : तपाईंको सबैभन्दा ठूलो शक्ति के हो र तपाईं तनाव र दबावलाई कसरी सामना गर्नुहुन्छ ?
  • पूर्णिका : मेरी आमा नै मेरो सबैभन्दा ठूलो शक्ति हुनुहुन्छ । उहाँले सँधै मलाई राम्रो मान्छे बन्नलाई प्रोत्साहन गर्नुभयो ।
  • प्रश्न : तपाईंले कहिल्यै कसैलाई थप्पड हान्नुभएको छ ?
  • पूर्णिका : अँ, हानेकी छु ।
  • प्रश्न : रोमान्टिक फिल्म कि हरर फिल्म रुचाउनुहुन्छ ?
  • पूर्णिका : हरर
  • प्रश्न : थाइल्यान्डमा तपाईं कुन कारमा यात्रा गर्नुहुन्छ ? तपाईंसँग कतिवटा कार छन् ?
  • पूर्णिका : मसित कार छैन । म यहाँ सार्वजनिक सवारीसाधनमा यात्रा गर्छु ।
  • प्रश्न : तपाईं आफ्ना भाई बहिनीसँग कत्तिको झगडा गर्नुहुन्छ ?
  • पूर्णिका : हामी त कुकुर र बिरालो जस्तै झगडा गरिरहन्छौं ।
  • प्रश्न : तपाईंको चम्किलो त्वचाको रहस्य के हो ?
  • पूर्णिका : स्न्यापच्याट फिल्टर !
  • प्रश्न : तपाईंले आफ्नो भाईका फ्यानगर्लहरुको टिकटक हेर्नुभएको छ ?
  • पूर्णिका : हेरेको छु । ‘क्यूट’ छ ।
  • प्रश्न : तपाईं शाकाहारी हो ?
  • पूर्णिका : अहिले होइन । भविश्यमा हुन्छु होला ।
  • प्रश्न : तपाईंको भाइबहिनीको सबैभन्दा राम्रो गुण के हो ?
  • पूर्णिका : उनीहरुको हृदय कोमल छ ।
  • प्रश्न : तपाईं कहिल्यै एकान्तमा रुनुभएको छ ?
  • पूर्णिका : रोएको छु ।
  • प्रश्न : मैले तपाईंका बारेमा दुईवटा कुरा सुनेको छु । तपार्इंले संस्कृत पढ्नुभएको छ र तपाईं नेपाली भाषामा राम्रा कविता लेख्नुहुन्छ । यी कुरा सत्य हुन् ?
  • पूर्णिका : म संस्कृत जान्दिनँ र नेपालीमा कविता पनि लेख्दिनँ । - अनलाइन खबरबाट

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

https://www.youtube.com/watch?v=p7loS2GPydg

सम्बन्धित खबरहरु