बैतडी । असिनापानीले बैतडीका विभिन्न स्थानमा लगाइएको गहुँबाली, तरकारीबाली, फलफूल र धानका बेर्नामा क्षति पु¥याएको छ । केही दिनदेखिको लगातार वर्षा र बुधबार साँझ परेको असिनापानीले गहुँबालीमा व्यापक क्ष’ति पु¥याएको किसानले बताएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका, पाटन नगरपालिकालगायत क्षेत्रमा गहुँबाली, तरकारीबाली र फलफूल खेतीमा व्यापक क्ष’ति पु¥याएको दशरथचन्द नगरपालिका–२ देहीमाडौँका माया बोहराले बताउनुभयो । “असिनाले खेतमा पाकेको गहुँ पूर्णरूपमा न’ष्ट गरेको छ । खेतमा पाकेको गहुँ नष्ट हुँदा भोकमरीको सम्भावना बढेको छ”, उहाँले भन्नुभयो ।

 

बैतडीको दशरथचन्द नगरपालिका–१ गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । असिनाले गहुँबाली, फलफूल र तरकारी खेतीमा क्षति पु¥याएको छ । पाटन क्षेत्रमा किसानले खेतमा राखेको धानको बेर्नासमेत न’ष्ट गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका पनि विभिन्न स्थानमा असिनाले बालीनाली व्यापक क्ष’ति पु¥याएको किसानले बताएका छन् । बैतडीमा यो वर्ष गहुँ उत्पादनमा कमी आउने सङ्केत देखिएको छ । जिल्लाका धेरै ठाउँमा असिनापानीले गहुँबाली क्षति पु¥याएको तथा पहेँलो सिन्दुरे रोगले पनि गहुँबालीलाई क्षति पु¥याएकाले गहुँ उत्पादनमा कमी आउने देखिएको कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिनुभयो ।

 

जिल्लाको पुर्चौँडी नगरपालिका र डिलाशैनी गाउँपालिकामा असिनाले गहुँबाली व्यापक क्षति पु¥याएको हो । यस्तै असिनाले सुर्नया गाउँपालिका, मेलौली नगरपालिका र पाटन नगरपालिकामा पनि पनि क्ष’ति पु¥याएको छ । वर्षाले पाक्नै लागेको गहुँ भित्र्याउन सकिएको छैन भने धेरै ठाउँमा असिनाले क्षति पु¥याएको सुर्नया गाउँपालिका–८ का डम्मर बोहराले जानकारी दिनुभयो । असिना परेको ठाउँमा ७५ प्रतिशत गहुँबाली न’ष्ट भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । असिनाले गहुँबाली नष्ट भएका कारण यो वर्ष गहुँको उत्पादन भारी गिरावट आउने कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख चन्दको भनाइ छ । मुख्य खाद्यबालीका रूपमा रहेको गहुँबालीमा क्षति पु¥याएकाले भोकमरी हुने भन्दै किसान चि’न्तित बनेका छन् ।

 

गत वर्ष २४ हजार ५०० मेट्रिकटन गहुँ उत्पादन भएकामा यो वर्ष गहुँ उत्पादन घट्ने देखिएको छ । बैतडीमा १७ हजार ५०० हेक्टर जमिनमा गहुँखेती गरिँदै आएको छ । लगातारको वर्षाले बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा अन्नबाली भित्र्याउन समस्या भएको छ । किसानले लगाएको गहुँलगायत अन्नबाली पाकिसकेको भए पनि वर्षाका कारण भित्र्याउन समस्या भएको हो ।

 

केही दिनदेखि पाकेको गहुँबाली काट्ने चटारो परेको भए पनि पानी पर्न थालेपछि अन्नबाली भित्र्याउन समस्या भएको दोगडाकेदार–६ का स्थानीय गजबहादुर गोयलाले बताउनुभयो । केही दिनअगाडि परेको असिनापानीले गहुँबालीमा क्ष’ति पु¥याएको भए पनि बाँकी रहेको गहुँसमेत भित्र्याउन नपाएको किसानले बताएका छन् । गएको दुई हप्तादेखि लगाताररूपमा पानी परिरहेकाले काटिसकेको गहुँसमेत थ्रेसिङ गर्न नपाएको दोगडाकेदार–१ रिमका नरेन्द्र विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “काटिसकेको गहुँसमेत कुहिने अवस्थामा रहेको छ ।”

 

बैतडी, दार्चुला, बझाङलगायत पहाडी जिल्लाका किसानलाई खेतीपाती भित्र्याउन धौधौ परेको भए पनि वर्षा बाधक बनेको हो । दार्चुलाको शैल्यशिखर नगरपालिका–७ देवथली, काडाँपारीलगायत क्षेत्रमा गहुँ काट्न चटारो परेको भए पनि लगातारको पानीले समस्या भएको स्थानीय गङ्गासागर जोशीले जानकारी दिनुभयो । रासस

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु