१६ पुस, काठमाडौं । टेस्ट प्लेअर र्याङ्किङमा स्टिभ स्मिथसँगै ब्रेन्डन म्याकुलम र रायन हृयारिसले फड्को मारेका छन् ।
सन् २०१४ को अन्तिम दिन बुधबार इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसीले सार्बजनिक गरेको टेस्ट प्लेअर र्याङ्किङको शीर्ष स्थानमा एभी डिभिलियर्स कायमै छन् ।
बक्सिङ डे टेस्टमा भारतविरुद्ध करियरको बेस्ट १९२ रन बनाएका अष्ट्रेलियाका स्मिथ पहिलो पटक टप फाइभमा पर्न सफल भएका छन् ।
श्रीलंकाका कुमारा सांगाकारा दोस्रो स्थानमा झरेका छन् भने हसिम अमला तेस्रो, एन्जेलो म्याथु चौथो नम्बरमा छन् ।
डिसेम्बर १७ को वरियता क्रममा सातौं स्थानमा रहेका उनी २ स्थान माथि उक्लिएका छन् । उनको कप्तानीमा रहेको अस्टे्रलियाले भारतविरुद्धको तेस्रो टेस्टमा बराबरी खेलेको थियो ।
न्यूजिल्याण्डका कप्तान म्याकुलम र भारतका टेस्ट कप्तान बिराट कोहली पनि बरियता क्रममा माथि उक्लिएका छन् । म्याकुलम २ स्थानमाथि चड्दै १२ औं तथा बिराट ४ स्थानमाथि चड्दै १५ औं स्थानमा आएका छन् ।
बलिङतर्फ अस्टे्रलियाकै भेट्रान पेशर रायन हृर्यारिस २ स्थान माथि उक्लिदै दोस्रो स्थानमा आएका छन् । पहिलो स्थानमा भने डेल स्टेन कायमै छन् ।
न्यूजिल्याण्डका बलर टे्रन्ट बोल्टले पनि २ स्थान फड्को मार्दै सातौं स्थानमा उक्लिएका छन् । मिचेल जोनसन भने १ स्थान तल झर्दै पाँचौं स्थानमा पुगेका छन् ।