syria sana newsदमास्कस (सिरिया) ।

सिरियाको राजधानी दमास्कसको दक्षिण क्षेत्रमा अवस्थित सिया समुदायको धार्मिक आस्थाको केन्द्रमा आइतबार विस्फोट गराउँदा कम्तिमा ४५ जनाको मृत्यु भएको यहाँको राज्यद्वारा सञ्चालित सञ्चारमाध्यमले जनाएका छन् ।

उक्त घटनामा ११० जनाभन्दा बढी घाइते भएको पनि बताइएको छ ।

सिरियाको साना न्यूज एजेन्सीले यसअघि उक्त घटनामा परी ३० जनाको मृत्यु भएको जनाएको थियो ।

सो घटनाका गम्भीर प्रकृतिको चोटबाट ग्रस्त घाइतेहरुको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएका र मृतकको सङ्ख्यामा वृद्धि हुनसक्ने बताइएको छ ।

एउटा कारबम र दुई आत्मघाती विस्फोट सिया धार्मिक केन्द्रमा भएका र यी विस्फोटका घटना सिरियाको सत्ताधारी दल र प्रतिपक्षी दल संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने भनिएको वार्ताका लागि जेनेभा पुगेका बेला भएका छन् ।

विस्फोटको तत्कालै कसैले जिम्मा लिइनसकेको बताइएको छ । रासस/एएफपी

सम्बन्धित खबरहरु