धादिङ । धादिङको थाँक्रे गाउँपालिकास्थित महेशखोलामा कहिले पुल बन्ला र जीवन सहज होला भन्ने प्रतिक्षामा जनता थिए । तर हेलचेक्र्याइले राज्यको करोडौँ रकम झ्पाम पारिएको छ । बाढीको बहानामा निर्माणाधीन दुईवटा पक्की पुलका निर्माण सामग्री बगाइएको छ । पृथ्वीराजमार्गबाट थांक्रे गाउँपालिकाको केवलपुरसँग जोड्न आठकिलो भन्ने स्थानमा निर्माण भइरहेको पुलको सामग्री बुधबार साँझ आएको बाढीले बगाएको हो।

 

ढलानको तयारीमा रहेको पुलको सबै सामान बगाएको पुल निर्माण कम्पनीका प्रमुख केशव गजुरेलले बताए। यस्तै, थाक्रे–२ को सिम्लेस्थित महेशखोलामा निर्माणाधीन अवस्थामा रहेको पुलको संरचना भत्काउनुका साथै निर्माण सामग्री पनि बगाएको वडा नम्बर ११ का अध्यक्ष रविप्रकाश ओझाले बताए। दुवै पुलको निर्माण सामग्री बनाउँदा दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको थाँक्रे गाउँपालिकाले बताएको छ।

 

लगातार पानी परिरहेको बेला पूर्ण सुरक्षाविना नै निर्माण सामाग्री राखेर बगाउँने नै उदेश्य देखिएको स्थानीयले बताए । राज्यका निकायका अधिकारीहरुको सेटिङमा नै क्षतिपूर्ती लिन सामान बगाएको स्थानीयको दावी छ । सामान्य तरिकाले टेका लगाएर राखिएको त्यो हेर्दा लाग्थ्यो कतिबेला हावाहुरी वा बाढी आउँछ र नोक्सान गर्न पाइन्छ भन्ने निर्माण कम्पनीको उदेश्य देखेका थियौँ । यो कुरा गाउँमा चलिसकेको थियो । एक जना स्थानीयले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु