काठमाडौं । भारतमा भयानक रेल दुर्घटना भएको छ । महाराष्ट्र राज्यको औरंगाबादमा आज बिहान एक भयानक दुर्घटना भएको हो । भारतीय सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार १६ प्रवासी मजदुरहरूलाई रेलले ठक्कर दिएको छ । घटना मुम्बईबाट ३६० किलोमिटर टाढा, औरंगाबाद जिल्लाको करामदमा घटेको हो । सबै कामदारहरू ट्रयाकमार्फत जालनाबाट भुसावलतिर पैदल आफ्नो घर (मध्य प्रदेश) फर्कन लागेका थिए । थकानको कारण, सबै कामदारहरू रेल ट्र्याक अर्थात लिगमा आराम गरिरहेका थिए । त्यहाँबाट बिहान ५ः१५ मा एउटा रेल गयो । कामदारहरूले उठेर जाने मौका पाएनन् । उनी त्यहाँबाट भाग्न खोजे तर १४ जनालाई रेलले च्यापेर सिध्यायो । रेलवे अधिकारीहरूले घटनाको पुष्टि गरेका छन् । रेलवेले घटनाको छानबिनको आदेश पनि दिएको छ ।

 

 

प्रहरी र रेलवे सुरक्षा बलका अधिकारीहरू घटनास्थल पुगेका छन् । मजदुरहरुको पहिचान हुन सकेको छैन । भनिन्छ कि यो दुर्घटना एकदम सोच्नै नसकिने थियो । घटनाको बेलामा त्यहाँ चिच्याईयो । प्राप्त जानकारी अनुसार ट्र्याकमा कामदारहरू देखेर पाइलटले ट्रेन रोक्न कडा प्रयत्न गरे तर रेल ठिक समयमा रोक्न सकेनन् । दुर्घटनामा १४ मजदुरको मृत्यु भएको छ । ५ जना घाइते छन् । उनको औरंगाबादको सरकारी अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रधानमन्त्री नरेन्द्र मोदीले यस घटनामा शोक व्यक्त गरेका छन् । प्रधानमन्त्रीले ट्वीट गर्दै भने, ‘महाराष्ट्रको औरंगाबाद रेल दुर्घटनामा भएको क्षतिबाट म धेरै दुःखी छु । मैले रेलमन्त्री श्री पियुष गोयलसँग कुरा गरेको छु र उहाँ अवस्थाको नजिकबाट अनुगमन गर्दै हुनुहुन्छ । प्रत्येक सम्भव मद्दत दिइदैछ ।’

 

धेरै राज्यहरूले सम्बन्धित राज्यका मजदुर र कामदारहरूलाई फिर्ता लैजान विशेष श्रम ट्रेनहरू सञ्चालन गरेका छन् । यी रेलहरूले अर्को राज्यहरूमा फसेका मानिसहरूलाई उनीहरूको राज्यमा पुर्‍याइरहेका छन् । यसको बाबजुद पनि, मानिसहरू आफ्नै राज्यमा जानका लागि हिड्ने प्रक्रिया रोकिरहेका छैनन् । सयौं किलोमिटरको यात्रा पछि ठूलो संख्यामा मानिसहरू आफ्नो राज्यमा पैदल फर्किरहेका छन् । रेल सबैका लागि उपलब्ध नभएका कारण समस्या सिर्जना भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु