काठमाडौ । राष्ट्रिय जनता पार्टी (राजपा) का नेता राजेन्द्र महतोले सरकारले पार्टी फुटाउन खोजे पनि आफूहरुले रातारात सरप्राइज गरेर देखाइदिएको दावी गरेका छन्। शुक्रबारदेखि सुरु भएको संसदको बजेट अधिवेशनमा बोल्दै नेता महतोले सरकारले गुण्डा लगाएर सांसद अ–पहरण गराएको आरोप समेत लगाए।

 

उनले क्षमता नभएको सरकारले जनताको अपेक्षा पूरा गर्न नसकेको बताए। उनले भने, ‘सरकारबाट जनताले के पाए ? दुई तिहाईको सरकार बन्दा जनताको अपेक्षा थियो, पूरा भएन।’ जनता महामारीमा रुमल्लिएका बेला सरकार अर्कै ध न्दामा लागेको उनले आरोप लगाए। उनले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशमाथि समेत प्रश्न उठाए। उनले भने जनताको बैकल्पिक शक्तिको खोजीलाई आफुहरुले पूरा गरेका छौ । अब तपाईहरुलाई देखाइदिन्छौ ।

 

महतोले भने, ‘केका लागि ल्याइयो अध्यादेश ? जनता महामारीमा रुमल्लिएको बेला सरकारको ध्यान कता ? सरकार अर्कै ध न्दामा लागेको छ।’ सांसद अ–पहरणको उजुरीसमेत दर्ता नगरिएको प्रति उनले आक्रोश पोखे। ‘पार्टी फोर्ने सांसद चोर्ने, अ–पहर ण गर्ने गराउने के हो यो ? अ पह रण कारीलाई कारबाही नहुने ? प्रहरीले हुकुमी आदेशमा उजुरीसमेत दर्ता गरेका गरेन’, उनले भने। सरकार सञ्चालकहरु यतिबेला आफ्नो कुर्सी जोगाउन मात्रै लागेको उनको आरोप थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु